World News

मलेसियामा श्रमिकले बुझाउनु पर्ने लेबी अब रोजगारदाताले नै तिर्नुपर्ने

मलेसियाः मलेसियामा आप्रवासी श्रमिकले तिर्दै आएको लेबी अब यहाँका रोजगारदाता कम्पनीले तिर्नु पर्ने भएको छ ।

मलेसियाका गृहमन्त्री दातुक श्री अहमद जायीद हमिदीलाई उद्धृत गर्दै यहाँका सञ्चार माध्यमले जनाए अनुसार अब श्रमिकले लेबी तिर्नु नपर्ने भएको छ ।

यहाँको सरकारले यो नियम सन् २०१७ जनवारी १ बाट लागु गर्ने भएको छ । गृहमन्त्रीको निर्देशन अनुसार आइतबार बाटै यो नियम लागुहुने सञ्चार माध्यमले बताएका छन् ।

यो निर्णयबाट पाँच लाख बढी नेपाली कामदारलाई फाइदा पुग्ने छ । मलेसियामा कार्यरत नेपाली श्रमिकले विभिन्न क्षेत्रमा काम गरे बापत वर्षको १८ सय देखि दुई हजारसम्म लेबी बुझाउनुपर्छ । अघिल्लो वर्षमात्र मलेसिया सरकारले यहाँ कार्यरत आप्रवासी श्रमिकको लेबी शुल्क दोब्बर बृद्धि गरेको थियो ।

लेबी वृद्धिपछि मलेसियाको रोजगारीमा नेपालीको रुचि समेत घटेको थियो । मलेसिया सरकारले गत वर्ष आप्रवासी श्रमिकको न्युनतम तलबमा समेत वृद्धि गरेको थियो ।

मलेसियामा आप्रवासी श्रमिकको आकर्षण घट्दै जाँदा मलेसिया सरकारले आप्रवासी श्रमिकलाई आर्षण गर्न यस्तो घोषणा गरेको अनुमान गरिएको छ ।

 

-Annapurnapost-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button