World News

टेलर स्विफ्टको खुलापत्रले एप्पलको नीति परिवर्तन

लस एन्जलस, असार ८ – अमेरिकी सुपरस्टार गायिका टेलर स्विफ्टको एउटा खुलापत्रले एप्पल कम्पनीलाई घुँडा टेक्न बाध्य बनाएको छ । एप्पलले जुन ३० मा लन्च गर्ने तयारी गरिरहेको म्युजिक एप्लिकेसनले तीन महिनाको परिक्षणकालमा कलाकारलाई कुनै रोयल्टी नदिने बताएको थियो ।

अमेरिका लगायत विश्वको अन्य विकसित मुलुकमा अनलाईन संतीत सुन्ने श्रोता बढ्न थालेपछि एप्पलले पनि आईट्युन पछि एप्पल म्युजिक लन्च गर्ने तयारी गरिरहेको थियो । अनलाइन संगीत सुन्न मिल्ने चर्चित एप्लिकेसन स्पटिफाइ र डिजर हो । स्पटिफाइको अमेरिकामा मात्रै ४७ लाख बढी प्रयोगकर्ता छन् । उक्त एप्लिकेसनमा गीत सुनेको पैसा तिर्नुपर्छ ।

एप्पलले पनि त्यस्तै एक एप्लिकेसन लन्चको अन्तिम तयारीमा रहेको बेला गायिका स्विफ्टको अभिव्यक्तिले रातारात नीति परिवर्तन गर्नुपर्‍यो । एप्पलले ९० दिनको परीक्षणकाल फ्रि हुने भएकाले कलाकारलाई पनि कुनै रोल्टी नदिइने भनेको थियो । परीक्षणकाल सकिएर महिनाको १० डलर ग्राहक शुल्क लिन थालेपछि भने रोल्टी प्रदान गर्ने बताएको थियो ।

स्विफ्टले त्यसको विरोध गर्दै आफ्नो नयाँ एल्बम ‘१९८९’ एप्पल म्युजिकमा राख्न नदिने बताएकी थिइन् । त्यस लगत्तै एप्पलका एक उच्च अधिकारी एडी क्युले कम्पनीको परीक्षणकालको नीतिमा नै परिवर्तन गरिने जानकारी दिए । एप्पलले उक्त परीक्षणकालको अवधिमा कलाकारलाई कति रोयल्टी दिने नबताए पनि कलाकारलाई रोयल्टी भने तिरिने स्पष्ट पारेको छ ।

कलाकारको रोयल्टी उठाउने कम्पनी अडियमका कार्यकारी निर्देशक जेफ प्राइसका अनुसार परीक्षण अवधिको रोयल्टी अनुमानित २ करोड ५० लाख अमेरिकी डलर हुन आउँछ ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button