World News

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ता— इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का अनुभव गरिएको छ। पूर्वी इन्डोनेसियामा गएको भूकम्पबाट घर तथा व्यापारिक भवनहरु ढलेका छन्। अलोर टापुको २८ किलोमिटर उत्तर–पश्चिम केन्द्रविन्दू भएर गएको भूकम्प ६.३ म्याग्निच्युडको भएको रोयटर्सले जनाएको छ।

युएस जियोलोजिकल सर्भेले सुरुमा यसलाई ६.८ म्याग्निच्युड भनेको थियो।

छिमेकी पूर्वी टिमोरमा समेत अनुभव गरिएको सो भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। प्रारम्भिक रिपोर्टहरुमा मानवीय क्षतिको खबर नआएको इन्डोनेसियन प्रकोप व्यवस्थापन नियोगले उल्लेख गरेको छ।

‘भूकम्पको ठूलो धक्काले अग्ला व्यापारिक भवनहरु भत्किएका छन्। टेलिफोन लाइम अवरुद्ध भएको छ’, प्रकोप व्यवस्थापन अधिकृत दाउदले भने।

भूकम्पसँगै सुनामीको चेतावनी नदिइएको एसोसिएटेड प्रेसले जनाएको छ। इन्डोनेसियाको जाभा र जकार्तामा पनि भूकम्पको धक्का अनुभव गरिएको थियो। त्यहाँ ठूलो क्षति नभएको बताइएको छ।
-Nagariknews-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button