Science & Technology

बोलेको बुझ्ने र भनेको मान्ने रोबोट कुकुर

चिप (CHIP- Canine Home Intelligent Pet) रोबोट कुकुर हो। कुकुर झै भुक्न सक्ने, उठ-बस गर्ने, नाच्ने अनि उफ्रने, अनि कुकुर झै आवाज गर्न सक्ने यो रोबोटलाइ वाववी नामक कम्पनीले बनाएको हो।

यसले मानिसले बोलेको सुन्ने अनि सोही अनुसार उठ-बस, हिँडडुल गर्ने गर्दछ। हातमा एक डिभास बाँधेर सो रोबटलाइ आफ्नो पछिपछि हिडाउन पनि सकिन्छ।

वाववीका डेभिड सफर भन्छन् यो रोबोट बनाउन ५-६ महिनाको समय लागेको थियो।

यसमा प्रयोग गरिएको ‘स्पिच रेकग्निसन’ले मानिसले बोलेको भाषा बुझ्ने गर्दछ। गुगल टक, सिरी, कोर्टाना जस्ता सफ्टवेयरले पनि ‘स्पिच रेकग्निसन’ प्रयोग गर्ने गर्दछन्। रोबोटलाइ ‘सिट’ (बस) भन्दा कुकुर झै यो थपक्क बस्ने गर्दछ।

खुट्टामा लगाइएको पाङ्ग्राले यो हिँडडुल सजिलै गर्ने गर्दछ।

छिटै बजारमा आउने तरखरमा रहेको यो रोबोटको मुल्य २०० डलर पर्नेछ।

-Nepaliheadlines-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button