Science & Technology

नयाँ खोज: विश्वभरीकै डिजिटल सूचना टेस्ट ट्यूबमा राख्न मिल्ने

लाखौँ वर्षसम्म टिक्ने, एउटै टेस्ट ट्युबमा सारा इन्टरनेट

इन्जिनियर रोबर्ट ग्रास भन्छन्, “अहिले हामीसंग प्राप्त सूचनाहरू सँधै रहिरहन्छन भन्ने सबैको विश्वास छ, तर खासमा डिजिटल सूचना एकदमै नाजुक हुन्छ।” बीबीसी अन्तर्वाताको भिडीयोमा ग्रासले डिजिटल सूचनाहरूलाई लाखौँ वर्षसम्म पनि जस्ताको तस्तै राख्ने बिधी पत्ता लगाउने उदेश्यको बारेमा बयान गरेका छन्। “यसको उत्तर डि.एन.ए हो!”, ग्रासले भने।DNA

डि.एन.ए मा इन्टरनेट र सूचनालाई कसरी राख्न मिल्छ?

सन् २०१२ को अनुसन्धानमा, कुनै पनि सूचनाको डि.एन.ए.मा अनुवाद गर्न मिल्दछ र त्यसलाई पढ्न पनि सकिने तथ्य पत्ता लागेको थियो। डि.एन.ए. को आफ्नै भाषा हुन्छ र यसलाई ‘न्युक्लियोटाइड्स’ (Nucleotides- A, C, T and G) को अनुक्रममा लेख्न मिल्दछ। यसलाई बाइनरी (binary) सँग दाँज्न, वा परिवर्तन गर्न सकिन्छ।

internet-in-testtube-2

त्यसलगायत, डि.एन.ए. को सानो ठाउँमा पनि विशाल मात्रामा सूचनाहरू राख्न मिल्दछ। सैद्धान्तिक रुपमा, १ ग्राम डि.एन.ए.मा ४५५ एक्जाबाइट्स (Exabytes) को सूचनाहरू राख्न मिल्दछ। ४५५ एक्जाबाइट निकै ठुलो परिमाणको डाटा हो। “यसमा गुगल, फेसबुक र अन्य विशाल कम्पनीहरूको सबै डाटालाई राखेर पनि अझै खाली ठाउँ बाँकी रहन्छ!” अर्थात इन्टरनेटमा हेरिने भिडियो, पढिने लेख, तस्बिर सबै डि.एन.ए.मा कोड गर्न सकिन्छ।

ग्रास र उनको पार्टनर रेइनहार्ड हेकेल दुवै मिलेर फेसबुक, गुगल लगायत सबै इन्टरनेटका सूचनाहरूलाई सानो टेस्ट ट्यूबमा राख्ने मात्रै होइन, त्यसलाई सँधैको लागि टिकाउने उपाय पनि पत्ता लगाइसकेका छन्।

internet-in-testtube-3

प्राचीन जैवीक अवशेष (fossil) को अध्ययनबाट ग्रासले यस खोजको लागि प्रेरणा पाएका थिए। जमीनमुनिको जैवीक अवशेषहरूमा लाखौँ वर्षसम्म पनि डि.एन.ए. सुरक्षित हुन्छ। पानी र अक्सिजनसँगको प्रतिक्रियाले डि.एन.ए खिइँदै ( डि.एन.ए. कोड नष्ट हुँदै) जान्छ तर उक्त डि.एन.ए.लाई सिन्थेसाइज्ड सीसा (Synthesized glass) मा जोगाएर राख्ने हो भने खिइनबाट बचाउन सकिन्छ। तर कुनै पनि बचाउका उपायहरू पूर्ण हुँदैनन्, त्यसैले ग्रासलाई हेकेलले मद्दत गरेका थिए। डि.एन.ए.को केही भाग खिइएपनि बाँकी भागबाटै पुरै सूचना पुनर्प्राप्त गर्न मिल्ने उपाय हेकेलले निकालेका छन्।

परीक्षणको लागि उनीहरूले उक्त टेस्ट ट्यूबलाई निकै चिसो कोठामा राखेका थिए। यो परिक्षण बाट ५ लाख वर्ष देखि १० लाख वर्षसम्म डि.एन.ए. सुरक्षित हुने पत्ता लागेको छ।

यसरी संसार भरका सारा डिजिटल डाटा लाइ डि.एन.ए. मा राख्न सकिने यो खोजले बताएको छ। यो विधि अपनाएर ठुलो परिमाणमा डाटा राख्ने उपकरण बने, हार्ड डिस्क, डिभिडी, मेमोरी कार्ड लगायतका डाटा स्टोर गर्ने उपकरणहरुमा आमुल परिवर्तन आउनेछ। तपाइको मोबाइलमा लाखौ जीबीको मेमेरी र त्यसमा इन्टरनेटका सबै डाटा अट्ने समय छिट्टै ल्याउन यो खोजले प्रमुख भुमिका खेल्न सक्छ।

ग्रासको अनुसन्धानको बारेमा बीबीसीको भिडियो हेर्नुहोस्-

[embedyt]https://www.youtube.com/watch?v=-rE_-q-rfqk[/embedyt]

-Nepaliheadlines-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button