Science & Technology

गुगलले ल्याउँदैछ यु ट्युब गेमिङ

यदि तपाइँ इन्टरनेटमा गेम खेल्नमा शौखिन हुनुहुन्छ भने खुसीको खबर छ । इन्टरनेट जाएन्ट गुगलले एक लाइभ स्ट्रिमिङ गेमिङ सर्भिस ल्याउँदैछ । गुगलले उक्त गेमिङ वेबसाइट तथा एपको नाम यु ट्युब गेमिङ रहने जानकारी दिएको छ । यो सर्भिस एप तथा वेबसाइट दुबै रुपमा उपलब्ध हुनेछ जुन विशेष रुपमा गेमिङका शौखिनमा केन्दि्रत हुनेछ ।
उक्त एप तथा वेबसाइटको माध्यमबाट २५ हजार भन्दा बढि गेम खेल्न सकिने गुगलले जनाएको छ । प्रयोगकर्ताहरुले सिंगल स्पेसमा गेम भिडियो तथा लाइभ स्टि्रमिङ दुबैको मज्जा उठाउन सक्ने गुगलको दाबी छ । प्रयोगकर्ताले आफ्नो संकलनमा कुनै गेम थप समेत गर्न सक्ने गुगलले जनाएको छ । प्रयोगकर्ताले यु ट्युब च्यानल जस्तै यसलाई सब्सक्राइब गर्न सक्ने र लाइभ स्टि्रमिङ सुरु हुनेबित्तिकै नोटिफिकेसन प्राप्त गर्ने गुगलले जानकारी दिएको छ ।
गुगलका अनुसार यु ट्युब गेमिङ एन्ड्रोइड तथा आइओएस दुबै अपरेटिङ सिस्टमवाला वेब, मोबाइल तथा ट्याबलेटमा उपलब्ध हुनेछ । यहीँ गृष्मयामभित्रमै यु ट्युब गेमिङ लन्च गर्ने जानकारी गुगलले दिएको छ ।
लोकपि्रय गेमिङ साइट टि्वचको निर्माता अमेजन कम्पनीले गुगलको यु ट्युब गेमिङ आउने समाचारको स्वागत गर्दै टि्वट गरेको छ । गुगल गेमिङलाई टि्वचको सबैभन्दा कडा प्रतिद्वन्दी हुने ठानिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button