Science & Technology

उपभोक्ताले किन मन पराएनन् एप्पलको नयाँ म्याकबुक प्रो ?

एप्पल प्रयोगकर्ताहरुले उसको पछिल्लो म्याकबुक प्रो ल्यापटप चित्त नबुझाएको खुलासा भएको छ । ल्यापटपसम्बन्धी अध्ययन तथा विश्लेषण गरी कन्जुमर रिपोर्टले म्याकबुक प्रोले आफ्नो ब्याट्रीको असन्तुलित आयुका कारण समस्या भोगिरहेको छ ।

कन्जुमर रिपोर्टस्ले आफ्नो ब्लग पोष्टमा जनाएअनुसार म्याकबुक प्रो एप्पलको यस्तो पहिलो प्रडक्ट बनेको छ, जसले उत्कृष्ट रेटिंग प्राप्त गर्न सकेन । अध्ययनका क्रममा एप्पलले पछिल्लोपटक सार्वजनिक गरेका तीनवटै मोडेलका ल्यापटप समावेश गरियो ।

टचबार नभएको १३ इन्चको म्याकबुक प्रो र टचबारयुक्त १३ र १५ इन्चका दुई फरक-फरक ल्यापटप । टचबार यस्तो टच स्त्रिmन हो, जुन ल्यापटपको किबोर्डसँग एकीकृत गरिएको छ । रिपोर्टमा लेखिएको छः एकदेखि अर्को परीक्षणका क्रममा म्याकबुक प्रोको ब्याट्री लाइभ निकै अस्थीर देखियो ।

उदाहरणका लागि १३ इन्चको टचबार म्याकबुक प्रोको ब्याट्री पहिलो ट्रायलमा १६ घण्टा टिक्यो भने दोश्रोमा १२ दशमलब ७५ घण्टा र तेस्रोमा ३ दशमलब ७५ घण्टा टिक्यो । गत अक्टोबरमा सार्वजनिक एप्पलका तीन नयाँ म्याकबुक प्रोको ब्याट्री लाइफ अस्थीर भएकोमा उपभोक्ताले पनि गुनासो गर्दै आएका छन्् ।

गुनासो बढेसँगै एप्पलले म्याक अपरेटिंग सिस्टममै अपडेट गर्दै सिस्टमबाट बाँकी भन्ने सूचक नै हटाइदियो ।

 

-Onlinekhabar-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button