Photo Feature

दाउरे युगमा फर्कियो काठमाडाैं सहर

काठमाडाैं-अघोषित एवं अनिश्चित नाकाबन्दीसँग जुध्न उपभोक्ताले वैकल्पिक उपाय अपनाउँदै अाएका छन्। ग्यास नभएपछि धेरैको अाशा थियो बिजुलुबाट हिटर बालेर खाना पकाउने। तर बिजुलीको पटक्कै भर छैन।

एक त लोडसेडिङ बढेको बढ्यै छ, त्यसमाथि अनियमितरूपमा बिजुली काटिन्छ। उपभोक्ताले कम्तिमा बिहान बेलुका खाना पकाउने समयमा बिजुली नियमित भैदिए सहज हुने अपेक्षा गरेका थिए। तर सबै क्षेत्रमा देखिएको चरम अव्यवस्थापन विद्युत वितरणमा पनि कायमै छ।

अब बाँकी रहेको एउटै उपाय हो दाउरा,गुँइठा बालेर खाना पकाउने। राजधानी काठमाडाैंमा अचेल सवारीमा होस वा उपभोक्ता अफै दाउराको भारी बोकेर घरको चुल्हो चलाउन बाध्य छन्। उपभोक्ताले सहज ढंगले दाउरा किन्न पनि पाएका छैनन्। पाए पनि चर्को महंगो परेको छ दाउरा।

पेट्रोलियम र प्राकृतिक ग्यास, साैर्य उर्जा र विद्युतीय उपकरणको प्रयोग गरेर सहज जीवनशैली पछ्याउनु पर्नेमा नेपाली जनजीवन अचेल पुरानै दाउरे युगमा फर्किएको छ। ग्यासबाट खाना पकाउन र धुँवारहित वातावरणमा भान्छा उतार्न अभ्यस्त भैसकेको नेपालको सहरी जनजीवन यतिबेला दाउरे युगमा फर्केको छ।

तस्विरमा हेराैं राजधानी नजिकका जंगलमा दाउरा खोजेर घर फर्किदै गरेका महिलाहरूः

Women_returning_home_from_collecting_fire_wood_03

Women_returning_home_from_collecting_fire_wood_05

-Nagariknews-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button