लोकतन्त्र कि कर्मचारीतन्त्र कि लुटतन्त्र??
म खासै ठुलो प्रसङ्ग लिएर त आएको छैन तर यो प्रसंगलाइ सानो भने पनि नेपालकै भविस्यमाथि प्रश्न चिन्ह उठ्न सक्छ| यसभित्र को मर्म बुझ्ने चेस्टा गरियोस| अहिलेको भागम्भागको दुनियामा कसलाई पो कसैको सुन्ने समय छ र तैपनि आशा गर्दछु यो लेख को मर्म तपाई समक्ष पुगोस| प्रश्न एउटै,के आम जनताको लागि यहाँ केहि छैन?कहिलेसम्म लुटतन्त्र मै देश चलिरहने हो?
हाम्रो देश नेपाल कैयौ देशभक्तको कुर्बानी पछि राणातन्त्र बाट उठ्यो त राजतन्त्र को शिकार भयो,देशको माटोले फेरि कैयौ रगत मांगे अनि बल्ल राजतन्त्र बाट लोकतन्त्र को दिशा तिर उन्मुख भयो ,तर यो लोकतन्त्रमाथि पनि आजभोलि कताकता कर्मचारीतन्त्र हावी हुन गएको सरलै हेर्न सकिन्छा| हेर्दौ जाउ यो कर्मचारीतन्त्रबाट आजद हुन कतिको रगत बगाउनुपर्ने हो|
प्रसङ्ग अलिकता चटपटे नभए भने सान्दर्भिक छ र आशा गर्छु मैले म जस्ता कैयौ पिडित आम-जनता को आवाज लाइ समेट्न सकेको छु|सन्दर्भ फरक हुन सक्छ,पीडा एउटै हो |
शायद नै नेपालको कुनै जनता कर्मचारीतन्त्रको पिडाबाट अछुतो रहेको होलान| शायद नै कोहि यस्तो होला जसको सरकारी कार्यालय धाउनुपर्दा आत्मा रुदैन होला| कसैलाई बिघुत प्राधिकरण त कसैलाई दुरसंचार,कसैलाई कर कार्यालय त कसैलाई मालपोत,अझै जब नेपालको अदालत तथा सिंह-दरबारको सुस्त र अयोग्य कर्मचारी को जमात हेर्छु,त्यतिबेला आफु नेपाल मै जन्मेको हो थाहा पाउदा आफ्नै किस्मत माथि थुक्न मन लाग्छ| नेपाली जनताले एउटा सिन्को भाच्ने जति बराबरको कामको पूर्ति दिन पनि २ हप्त्ता देखि १ महिना वा कहिलेकाही बर्षौ जान सक्छ|कारण एकमात्र अयोग्य नेता र तिनका नातावाद र कृपावाद ले भरिएका कर्मचारी व्यवस्था|
म एक बिद्यार्थी| केवल एक बिद्यार्थी| पेशा ले पत्रकारिता क्षेत्रमा बिगत पाच वर्षदेखि लागेता पनि मेरो पढ्ने अठोट मा कुनै कमि आएको छैन|काठमाडौँ स्थित त्रिभुवन बिश्वबिद्यालयबाट हालसालै मात्र मैले अंग्रेजी बिषयमा स्नातकोतरको परिक्षा दिएकी हु र आफु सामने आउने हरेक पढ्ने अवसरको बिशेष चासो राख्दछु| छात्रवृति भन्ने कुरा बिद्यार्थी जीवनमा धेरै मान्य राख्दछ र यो अति नै संबेदनशील बिषय हो खासगरि गरिब तथा मध्यम बर्गीय परिवारको छोराछोरीहरुको लागि| त्यसकारण यो बिषयमा सम्बन्धित पक्षको ध्यानकर्षण गराउन चाहे मैले|
कुन ठाउँ,कहाँ र कस्तो खाले छात्रवृति खुल्यो भन्ने कुराको चासो र जानकारी राख्नु एउटा कुशल बिद्यार्थीको राम्रो पक्षलाइ उजागर गर्छ भन्ने कुरामा कुनै दुइमत छैन र सोहि प्रक्रियामा मैले सामाजिक संजालबाट केहि दिन अघि मात्र चाइनिज़ सरकारद्वारा आह्वान गरिएको छात्रवृति योजनाको बारेमा जानकारी पाए र सो को प्राप्तिको निमित म र मेरा एक मित्रले आवेदन बुझायौ| आवेदन दिनेको संख्या सुरुसुरुमा उल्लेखनीय थ्यो तर हाम्रो नेपालको रोगि-कार्यालय भनौ या सुस्त-मन्त्रालय भनौ,निरन्तर मन्त्रालय धाउनुपर्ने समस्या र तिनको हेल्चक्रयाई र लापरवाहीको पराकाष्ठाले गर्दा धेरै बिद्यार्थी थकित भए र यो प्रक्रिया पुरा नै नगरी बिचमै हतोत्साहित भएर फर्के| यसै साल को अंगेजी मितिअनुसर फेब्रुअरीमा आवेदन को लागि आवहान गरिएको थियो र अप्रिल मसान्तको अन्तिम तिथिसम्म बुझाइसक्नुपर्ने थियो| हामीले जम्मै प्रकिया सोहि अनुरुप गर्यौ| खासमा उक्त छात्रवृतिको लागि अर्थ-मन्त्रालयबाट अनापत्ति प्रमाणपत्र चाहिएको रैछ कि दरखास्त दिने उमेद्द्वार नेपाल का नागरिक हुन् र उनलाई तपाइले अनुमुती दिने कालेजमा पढ्न कुनै आपति छैन भनेर|
अति साधारण कुरो हो र कुरा यति मात्र हो,यो भन्दा बढी केहि नि होइन|यति जाबो कामको लागि आवेदन दिने सम्पूर्ण विद्यार्थीलाई मन्त्रालय धाउनुपर्ने कष्टको सामना गर्नुपर्नेथ्यो| हो यो कष्ट नै त हो विद्यार्थीको लागि,किनकि सिंहदरबार पस्नु भनेको विद्यार्थीको लागि आकाशका तारा तोडेर ल्याउनु भन्दा कम गार्हो काम होइन,यो पनि कारण होला धेरै आवेदकहरुले बीच मै प्रक्रिया छोड्न पुगेका थिए| पहिला-पहिला विद्यार्थी परिचय-पत्र देखाएर भित्र जान दिने प्रावधान रहेता पनि अचेल त्यो पनि हटाइएको छ|तर म र मेरो एक मित्र चाही निरन्तर लागिरह्यौ| म संग प्रेस-परिचयपत्र भएकोले मलाई भित्र जान खासै अप्ठेरो थिएन तर म संगै आवेदन दिएका एक मित्र जो यो छात्रवृतिलाइ लिएर म जतिकै सजग थिए उसलाई त्यो दरबारको भित्र पस्नको लागि बाह्र नै बज्थ्यो,उसलाई कहिले मामालाई त कहिले कुनै काकालाई भनेर सिफारिस गर्नुपर्थ्यो,अनि बल्ल उ भित्र जान्थ्यो,एउटा अझै विभेद के हेरे भने मैले जान्न खोजेका प्रश्नहरुको जवाब अलि सरलताका साथ् पाए पनि उसले सोधेका त्यहि प्रश्नहरुको जवाबमा झपारो सुन्नु पर्थ्यो,केटा मान्छे संग जो कोइ पनि झर्केरै कुरो गर्ने त्यहाँ |यो पनि त लैंगिक विभेद नै त हो नि,यसको बारेमा अर्को लेखमा कुरा गरौला नै,अहिले प्रसङ्ग संग जोड्न खोज्दैछु|
मेरोमा यो छात्रवृति लिएरै छाड्ने एउटा प्रबल इच्छा त थियो नै साथ साथै यो जान्ने उत्सुकता पनि जागेको थियो कि पक्कै नै
भित्र बिशिस्ट व्यक्तिहरु बस्दो होलान,बुद्धिजिवीहरु होलान अनि पो यत्रो कडाइ छ भित्र छिर्न| तर परिणाम ठ्याक्कै बिपरित पाए| म अर्थ-मन्त्रालय पुगे,त्यहाँ रहेका अधिकृतहरु समक्ष आफ्नो कुरा राखे,तर तिनीहरु मैले भनेको केहि बुझ्न सकेनन,अनि सिद्धै भने माथि फलाना नामको उप-सचिवको कोठामा जानुस,यो सब हेर्ने उहा नै हो,सुझाव अनुरुप कोठा खोज्दा खोज्दै त्यहाँ सम्म पुगे,सचिव सर कोठामा थिएनन्,सचिव सरले भोग लगाएका नास्ताका प्लेटहरु जम्मा गरेर जादै गरेका एउटा दाईलाइ सोधे सर कति खेर आउनुहुञ्छ भनेर?,उनको जवाब थियो खै बैनी २-३ घण्टा त लाग्ला,४ घण्टा कुरे,सर आएनन,अनि घर फर्के| पुन दुइ दिन यहि प्रकियाको निरन्तरता चल्यो,अझै पनि केहि न केहि,चौथो दिन बल्ल गएर उहाको दर्शन पाए,र आफ्नो सारा वृतान्त पोखे, हेर्दा सुटबुट लगाएका ठुला बुद्धिजिविजस्तो देखिएता पनि उनले मैले भनेको एक वाक्य नि बुझ्न सकेनन,मैले साधारण अर्थमा यति मात्र भनेको थे कि सर हामीलाई छात्रवृतिको लागि अनापति पत्र चाहिएको छ|
यतिकै मा त्यहाँ अर्को सचिव आए र उनका बमोजिम अर्थ-मन्त्रालय ले कुनै पनि पत्र दिने भनेको निजामती कर्मचारीको लागि मात्र हो,अनापति पत्र दिने काम शीक्षा-मन्त्रालय को हो,मैले सर पत्रकारको नाताले यति कुरा मलाई नि अवगत छ तर चाइनिज़ सरकारले अर्थ बाटै माँगेको छ भनेर प्रष्ट्याए|उहाले पुन अर्को सचिव सरको कोठामा जान भन्नु भयो|फेरि त्यो कोठा मा गइयो|यो कोठाबाट त्यो कोठा,त्यो बाट यो जाउ भन्ने प्रक्रिया चलि नै रहेथ्यो,१२ वटा कोठा चहारेपछि बल्ल एउटा सचिव सर कहा पुगे,उहाले भन्नुभो को त्यस्तो पागल रहेछ,मोबाइल नॉ देउ म कुरा गर्छु, चाईना राजदुतावासको को एक व्यक्ति संग कुरा गर्नु भो,उहाको र उता बाट बोलेको मैडमको कुरा मैले प्रस्ट सुन्न सकिराथे,उता बाट गरिएको कुरा र यताबाट दियिएको जवाब को कुनै मेल नै देखिन मैले,पररास्ट्रसम्बन्धि हेर्ने सचिव सरको अंग्रेजी २-३ कक्षामा पढ्ने स्कुले बालबालिकाभन्दा नि रद्दी थियो,झन् त्यसमाथि पनि उनको कुरा गर्ने शैली (ऎऎऎ एईईएईइ एईएईएई अममं ),उहाले अरुलाई सम्झाउन त परै जाओस उताको कुरा बुझ्न नि सकिरहनु भाको थिएन, मलाई यतिबेला नातावाद र कृपावाद भन्ने शब्द याद आयो,हो यति ठुलो पदमा पुग्नु र सामान्य अंग्रेजी बुझ्न र लेख्न नि नजान्नु नातावाद भन्दा बढी अरु केहि पनि होइन|
म प्रशाशन महाशाखा तिर लागे त्यहाँ आफ्नो निवेदन दिए र दर्ता पनि गराए,त्यहाँको कर्मचारीले तपाइको निवेदन लिएर भोलि हामि आफै चाईना राजदुतावास जाने भनेर सान्तवना दिए,हामी तपाइलाइ दुइदिनपछि आफै बोलाउछौ भनेर भने|यसपाली म अलि ढुक्क भएर कोठातिर लागे| एक हफ्ता बितिसक्दा पनि कुनै जानकारी नआएपछि म पुन मन्त्रालय धाए| गएपछि के थाहा पाए कि दर्ता नै गरेको रैनछन र न त कोइ राजदुतावास नै पुगेका रैछन| मन खिन्न भो यो पारा हेरेर|
तर मेरो अठोट अझै थाकेको थिएन,महाशाखाकै एक सर कहा पुगे,उहाले अहिले बजेट भासनको तयारीमा छौ हामि,एक हफ्ता पछि आउ,त्यो अनापति पत्र लेख्नेर दिनु कुनै ठुलो कुरा होइन भन्नु भो,उहाले कुरा टाल्न खोजेको मैले बुझीसकेथे तैपनि आशा बोकेर एक हफ्ता पछि आउछु भनेर फर्के|एक हफ्ता पछि पुन आए त्यहि सर कहाँ,अबो चाही उहाको कुरा फेरिएको थियो,भन्नु भो जाउ मुख्य सचिवलाइ भेट,जुनकी आफैमा एउटा फोहोर ठट्टा थियो,यति जाबो कुराको लागि मुख्य सचिव सम्म पुग्नु एउटा आम जनताको लागि कति गार्हो छ त्यो कसले बुझिदिने,तैपनि मा ३ दिन लगातार उनको आफिस बाहिर कुरे,अझै भेट भएको छैन| अनापति पत्र बुझाउने अन्तिम मिति नजिकिदै छ र म अझै आशावादी छु|
यदि अर्थ-मन्त्रालयबाट यस्ता पत्र दिने प्रावधान छैन भने कि त प्रावधान बनाउ कि त सम्बन्धित राजदुतावासलाइ बुझाउन सक्ने ल्याकत राखौ मेरा श्रद्धेय कर्मचारीबर्ग| उनीहरुले त नेपाललाई यति छात्रवृति दिन्छौ भनेर आफ्नो बर्चस्व देखाउन सफल भएका छन्,यो त हाम्रो देशको कुटनीतिको कमि हो कि नेपाली जनताले यसको उपलब्धि लिन सकेका छैनन्|
नेपाल कर्मचारीतन्त्रको फन्दामा नराम्री जकडेर बसेको छ|यो त केवल एक सानो उदाहरण हो,नेपाली जनता यस्ता अन्गीनत पिडालाइ दिनहु आत्मसात गरि चुपचाप खेप्न बाध्य छन्|आखिर बोलिदिने को त?आखिर तिनको मर्म सुन्ने निकाय कुन त?
अख्तियारले जाचबुझ गरेर सजाय दिने तयारी गर्दा सम्म अधिकतम जनताको काम बिग्रिसकेको हुन्छ र कति त न्यायको आसैआसमा स्वर्गलोक नै सिधारिसकेका हुन्छन |
जनताको कार्यालय सम्बन्धि पीडा सुन्ने एउटा आपतकालीन आयोगको गठन होस्,जस-अन्तर्गत जनताको दलिल र गुनासो सुनियोस र तुरन्त कारवाही होस|त्यतिमात्र भएर हुदैन,देशलाई आमुल परवर्तन को खाचो छ,एउटा सक्षम,दक्ष तथा योग्य कर्मचारी को आवस्यकता छ,स्थानीय निकाय तथा सरकारी कार्यालय हरुमा प्राविधिकरण को दरकार छ,र यी सबभन्दा पहिलो प्राथमिकतामा भनौ भने,चाहे जुनसुकै बिषय बाट स्नातक वा स्नातकोत्तर वा विद्यावारिधि नै गरियोस,हर संकायमा प्राविधिक शीक्षाको समावेशीकरण गर्नु को कुनै विकल्प छैन|
न त एक्काइसौ सताब्दीको यो प्राविधिक तथा परिवर्तनशील दुनियामा हामि नेपालीले आफुलाई उही टहटहाउदो घाममा एक हातमा छाता बोकेर अर्को हाथले पसिना पुछ्दै कुनै कार्यालयको लाइनमा उभिएको देख्नेछौ वा कुनै सचिवको घर-दफ्तरलाइ महिनौ चहार्दै गरेको पाउनेछौ | कर्मचारीतन्त्रबाट उन्मुक्ति पाउनु धेरै टाढाको कुरा होइन जुन दिन हामि आफ्नो मनभित्र रहेको डरको गुलामी गर्न छोड्नेछौ,कर्मचारीतन्त्र बाट छुटकारा पाएको आफ्नै आखाले देख्नुहुन्छ,यहि जुनी मै|
सत्य बोल्न नडराउ,आफ्नो अधिकार को लागि सजग होउ|
जय मातृभूमि |
-Jyoti Tiwari-
प्रतिक्रिया लेख्नुहोस