आखिर के मा चुक्यौ हामी ?
हरेक देशको बिकासको इतिहास भिन्न-भिन्न रहेको छ | कुनै देशको बिकास निकै तिब्र गतिमा भएको छ भने कुनै देशको बिकास निकै सुस्त गतिमा भएको छ | सन्दर्भ दक्षिण कोरियाको, आज भन्दा करिब ६ दशक आगाडी दक्षिण कोरिया एसियाकै सबै भन्दा गरीब देशहरुमा पर्दथियो |
सन १९६० मा दक्षिण कोरियाको प्रती ब्यक्ती आय $ ७० डलरमा सिमित थियो | त्यती बेला नेपालको प्रती ब्यक्ती आय $१०० डलर थियो | दक्षिण कोरियाको अर्थतन्त्रको आधाहिस्सा बिदेशी अनुदानमा चलीरहेको थियो | आफ्नो सम्पूर्ण देशको नागरिकलाई समेत खाध्यान पुर्याउन अशमर्थ रहेको देश आज बिश्वको १२ औ ठुलो अर्थतन्त्र भएको देश कसरी बन्न पुग्यो त आखिर के मा चुक्यौ त हामी ?
दक्षिण कोरियाको भुगोलाई हेर्दा नेपाल भन्दा सानो रहेको पाइन्छ | प्राकृतिक स्रोत साधनका आधरमा हेर्दा पनि दक्षिण कोरिया नेपाल भन्दा निकै पछी रहेको पाइन्छ | गरिवीको बेला दक्षिण कोरियाका युवा जनसक्ती काम गर्न बिदेश पलायन भएका थिए | अहिले नेपालका युवा जनसक्ती पनि रोजगारिका क्रममा बिदेश पलायन भएका छन |
दक्षिण कोरियाको ब्यक्तीहरुले पठाएको बिप्रेसनलाई उनिहरुले बिकास मुलक क्षेत्रमा लगानी गरे तर हाम्रो बिड्म्वना कुल बिप्रेसनको २ प्रतिशत पनि उत्त्पादनसिल क्षेत्रमा लगाउँन अशमर्थ भइरहेका छौ | बिप्रेसनबाट आएको पैसा बाट दक्षिण कोरियाले साना तथा मध्यम उधोगमा ब्यापक बिस्तार गरेको थियो | देश बिकास गर्ने स्पस्ट सँकल्प, त्याग, समर्पन, मिहिनेत र “हामी होईन म गर्छु ” भन्ने धारणाले गर्दा आज दक्षिण कोरिया यो आवस्था सम्म आइपुगेको हो |
१९६०-१९९० सम्म दक्षिण कोरियाको बिकास द्रुत्तगतीमा अघी बढेको देखिन्छ , यस्को उदाहारण कुल ग्राहस्थ उत्पादनमा १७ गुनाले बृदी आउनु नै काफी हुन्छ होला भने १९८० सम्म आइपुग्दा दक्षिण कोरियाको प्रती ब्यक्ती आय $ १६०० डलरमा पुगी सकेको थियो भने नेपालको प्रती ब्यक्ती आय १९७० मा $४०० मा सिमित थियो | यसको अर्थ दक्षिण कोरियाको आर्थीक बृदिदर नेपालको भन्दा लगभग ४ गुणाले बढीरहेको देखिन्छ | अझ १९८०-१९९० सम्ममा त दक्षिण कोरियाको बिकास एकदम द्रुत्तगतीमा बढेको पाइन्छ त्यती बेला दक्षिण कोरियाको प्रती ब्यक्ती आय $१०,००० मा पुगेको थियो | २००३-२००६ सम्म दक्षिण कोरियाको आर्थीक बृदिदर ४ प्रतिशत रहेको थियो भने करिव सन २०१० सम्म आइपुग्दा दक्षिण कोरियाको आर्थीक बृदिदर ६ प्रतिशत हुन पुग्यो |
अहिले दक्षिण कोरियाको अर्थतन्त्र विस्वका ठुला अर्थतन्त्र भएका देश मध्य एक पर्छ | हाल दक्षिण कोरियामा विश्वका ठुला उधोगहरु रहेका छन जस्तो कि सामसुङ, LG, भने संसारकै ५ औ ठुलो मोटर (हुँन्डाइ) उत्पादक देश बन्न सफल बनेको छ | दक्षिण कोरियाको बिकासलाई हेर्दा यसले औधोगिकरण, सडक, जनसंख्या नियन्त्रण, खुल्ला बजार निती आदिमा बिशेस जोड दिएको पाइन्छ |
दक्षिण कोरियाको र नेपालको तुलना गर्ने हो भने प्राक्रतिक स्रोत साधनमा हाम्री नेपाली कोरियालिहरु भन्दा निकै अगाडी छौ | जब दक्षिण कोरिया यती छोटो आवधिमा देशको काँचुली फेर्न सक्छ भने हामी किन सक्दैनौ, तर बिकास गर्नेको नाममा बन्द, हड्ताल्, र जातिय आन्दोलनले देश कहिले बिकासको गतीतर्फ लम्कन सक्दैन केहिमहिना अघीको महाभूकम्प र त्यसपछीको जातिय राज्यको माङ्ले देशलाई अर्बौ होईन खर्बौको नोक्सानी बेहोर्नु परीरहेको छ | हामीहरुमा पनि दक्षिण कोरियालिहरुको जस्तो संकल्प, त्याग्, समर्पण ,मेहेनत्, लगन्सिलता हुनजरुरी देखिन्छ |
हरेक मानिशमा भिन्न भिन्न क्षमता हुन्छ, त्यस्तै हरेक देशको आफ्नै आफ्नै क्षमता हुन्छ | कतार, साउदी अरब्, दुवै आदी देशमा तेल खानि छ र ति देशहरुले उक्त तेल खानिको सहीढङले सदुपयोग गरी आज बिकशित देशहरुमा पर्न सफल भएका छन | यदी उक्त देशले बिधुत उत्पादन गरेर अगाडी बढ्न खोजेको भए आज अल्पविकसित देशमै हुन्थियो होला |
हाम्रो देश नेपालमा प्राकृतिक सुन्दर्ताको खानिनै छ | सही ढङले अगाडी वढने हो भने नेपाललाई बिकास मुलक सुचीमा चढाउन खासै समय लाग्दैन | नेपालमा त्यस्ता थुप्रै साधनहरु छन जस्तोकि पर्यटक नेपालको प्रमुख आय स्रोत बन्न सक्छ | विश्वमा रहेका १० ठुला हिमाल मध्य ८ वटा नेपालमै पर्छन र पर्यट्न ब्यावसाय नै एउटा त्यस्तो ब्यावसाय हो जस्मा हरेक बर्गले ( बाटोमा मकै पोलेरे बेच्ने देखी पाँच तारे होटेल ) रोजगारी पाँउछन | नेपाललाई बिकास मुलक देशको सुचीमा पार्ने अर्को क्षेत्र भनेको बिधुत उत्पादन हो | नेपालमा ८३००० मेगावाट सम्म बिध्युत उत्पादन गर्न सकिन्छ | हालको अवस्थालाई हेरेर भन्नु पर्दा १६०० मेगावाट उत्पादन गर्ने हो भने पनि पुग्छ तर हाम्रो विड्म्वना हामी केवल लग्भग ७५० मेगावाटको हाराहारीमा सिमित भएका छौ |
हाल नेपालमा हामी माशिक अर्बौ रुपैया तेल आयातमा खर्चगरी रहेका छौ | हामी हाम्रो छिमेकी देश भारतमा चाहिने भन्दा बढी निर्भर छौ ( सुन देखी नुन सम्म ) | यदी भारतले पेट्रोलियम पदार्थको निर्यातमा रोक लगाइदिने हो भने त्यस्को १० दिन भित्रमा देशका आधिकान्श पेट्रोल पम्पमा “पेट्रोल, डिजल छैन ” लेखेको देख्न्न सक्छौ | यदी हामी बिधुत उत्पादनमा बिशेश जोड दिएर बिधुतिय रेल, बिधुतिय गाडी, सन्चालनमा ल्याउने हो भने हाल माशिकरुपमा बिदेशी रहेको अर्बौ रुपैया अन्य क्षेत्रमा लगानी गर्न सक्छौ र भारत प्रतीको हाम्रो निर्भर्तामा कमी ल्याउन सक्छौ | हाम्रो देशले लगानी गर्न नसकेको होईन तर सही ढङबाट सही ठाउँमा मात्र लगनी हुन नसकेको हो | यदी मलाई काठ्मण्डौ बाट पोखरा जानु छ तर म मुग्लिन बाट पूर्व लागेभने जती नै मेहेनत गरे पनि म पोखरा पुग्न सक्दिन | मेरो बिचारमा हाम्रो देशमा पनि ठ्यकै त्यस्तै भएको हो जस्तो लाग्छ |
कुनैपनि देश गरीब हुँदैन गरीब त केबल त्यस देशको ब्यवस्थापन पक्ष हुन्छ | जब साउदी, कतर, दुवै जस्ता देशहरु जमिन भित्र रहेको बस्तु सही ढङले प्रयोग गरी बिकासको गतीमा लम्कन सक्छन भने हामी जमिन माथी रहेको बस्तुको पनि सही ढङले प्रयोग गरी बिकास तर्फ किन लम्कन सक्दैनौ ?
प्रतिक्रिया लेख्नुहोस