Rautahat News

स्थानीय निकायको निर्वाचन वैशाखमैं –देउवा

प्रस, गरुडा, रौतहट, ९ माघ/

पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सबैको सहमतिमा स्थानीय निकायको निर्वाचन वैशाखमैं हुने बताएका छन् ।
नेपाली काङ्ग्रेस रौतहटका सभापति एवं पूर्वसांसद कृष्णप्रसाद यादवकी जेठी छोरीको बिहेमा सहभागी हुन रौतहटको बरियारपुर गाविसको वीरनगरा पुगेका देउवाले सबै पक्षको सहमतिमा वैशाखमैं स्थानीय निकायको निर्वाचन हुने दोहो¥याएका छन् ।
संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयक बिना कुनै संशोधन पारित हुने देउवाले बताएका छन् । सरकारसित दुई तिहाइ बहुमत नभएको बारेमा सञ्चारकर्मीहरूको प्रश्नमा देउवाले “दुई तिहाइ बहुमतको लागि प्रयास गरिरहेकोले तपाईंहरूले विश्वास गर्नुहोस्, संशोधनको लागि बहुमत पुग्छ” स्पष्ट पारेका थिए ।
सञ्चारकर्मीहरूसित संक्षिप्त कुराकानी गर्दै देउवाले मधेसी मोर्चालगायतले उठाउँदै आएको मधेसी, मुस्लिम, दलित, आदिवासी जनजातिको समस्या पनि संविधान संशोधनपछि समाधान भएर जाने बताएका छन् ।
कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसमेत उपस्थित भएपनि उनले बोल्न चाहेनन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका सांसदहरू पुष्पा भुषाल र महेन्द्र यादव, नेताहरू अजय चौरसिया, अजय द्विवेदी, सुनील यादव तथा नेकपा एमालेका सांसद लालबाबू यादव र एमाओवादीका अशोक जयसवाललगायतका नेता सहभागी थिए ।

 

-Prateekdaily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button