रौतहटमा ग्यास सिलिन्डर विस्फोट ११ जना घाइते, तीनजनाको अवस्था गम्भीर
९ मङ्सिर/रौतहट – रौतहटको गरुडामा म·लवार खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा एघारजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।गरूडा बजारमा लागेको हाटबजारमा पाँच किलोको ग्यास सिलिन्डर विस्फोट भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । हाटबजारस्थित सियन्ती साहको खाजानास्ता पसलमा प्रयोग भइरहेको ग्यास सिलिन्डर खाजा पकाइरहेको बेला दिउँसो २:३० बजे विस्फोट भएको हो ।
पसलमा खाजा खान आएकाहरू बढी घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा गाविस प्रतापपुर पल्टुवा–९ का सोमारक जवान, गरुडा–२ की सियन्ती देवी र गरुडा–७ लक्ष्मीपुरका परीक्षण साह रहेका छन् । तीनैजनाको गरुडामा उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरिएको छ ।
उक्त घटनामा सामान्य घाइते हुनेहरूमा जिगडिया–१२ का रामचन्द्र पाल, गरुडा– ९ का सूर्यनारायण साह, बरियारपुर–३ का पुनदेव साह, जिगडिया–४ का गगनदेव साह, महम्मदपुर–८ का सैलुन साह, गम्हरिया बिर्ता–१ की सियासुन्दर देवी राउत, भारत घोडासहान गुलरियाका गुटु पासवान, पोठियाही–१ का शहीद मियाँलगायत रहेका छन् ।
ग्यास अभावको कारण ठूलो सिलिन्डरको प्रयोगको सट्टा सानो सिलिन्डर भारतबाट ल्याएर प्रयोग गर्ने उपभोक्ताहरूको सङ्ख्या बढेको छ ।
त्यस किसिमका सिलिन्डरको गुणस्तरीयता नहुने भएकाले दुर्घटनाको अधिक खतरा सानै सिलिन्डरबाट हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस