Rautahat News

मधेशमा छानविन गर्न होस पुर्याएर आउनु : यादव

२४ कार्तिक/रौतहट – सदभावना पार्टीका केन्द्रीय सदस्य एवं युवा नेता योगेन्द्र राय यादवले तीन महिनादेखि मधेशमा जारी रहेको आन्दोलन कमजोर बनाउने उद्देश्यले खसवादी सरकारले तराई मधेशमा संचालन रहेको एफएम रेडियोहरु माथि छानविन गर्ने योजना बनेको प्रतिक्रिया दिएका छन् ।

सूचना तथा संचार मन्त्री शेरधन राइले मधेशमा रहेको रेडियोहरुले सामाजिक सद्भाव बिगार्ने खालका सामग्री प्रसारण गरेको भन्दै अनुगमन टोली गठन गर्ने निर्देशन दिएपछि यादवले यस्तो प्रतिक्रिया दिएका हुन् । संचारकर्मीहरुसित संक्षिप्त कुरा गर्दै युवा नेता यादवले खसवादी मानसिकता भएको सरकारका संचारमन्त्रीले गठन गरेको अनुगमन टोलीलाई मधेशमा होस पुर्याएर छानविनका लागि प्रवेश गर्न धम्की समेत दिएका छन् । छानविनको बहानामा मधेशी संचारकर्मी, रेडियो संचालकलाई धम्की दिने योजनाको मधेशी जनताले प्रतिकार गर्ने समेत चेतावनी दिए ।

यादवले पहिलाको जस्तै निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्न सवै रेडियो संचालकहरुसँग आग्रह गरेका छन् । संविधानमा आफ्नो अधिकार सुरक्षित गराउनका निमित्त संघर्षमा उत्रेका मधेशी, दलित, जनजाति, महिला, मुस्लिम, आदिवासी, जनजाति लगायतका उत्पीडनमा परेका वर्ग समुदायले आफ्नो हक अधिकार लिएर छाड्ने प्रतिवद्धता व्यक्त गरे । आन्दोलन दबाउने सरकारको कुनै पनि षड्यन्त्रलाइ मधेशी जनताले सफल हुन नदिने यादवको भनाइ रहेको छ ।
-Madheshvani-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button