बज्जिका पत्रकारहरू मलेसियामा पनि सङ्गठित
प्रस, गरुडा, १७ माघ/
बज्जिका भाषाको पहिलो आप्रवासी सङ्गठन मलेसियामा जन्मेको छ ।
रौतहट, बारा, सर्लाहीलगायत जिल्लाबाट मलेसियामा गई सामान्य रोजगार गरिरहेका पत्रकार तथा भाषासेवीहरूले नेपाल–मलेसिया आप्रवासी बज्जिका पत्रकार सङ्घ गठन गरेका
छन् ।
मलेसियामा रहेर पनि मातृभाषा बज्जिकाको विकास तथा सेवा गर्न र बज्जिकाभाषी तथा नेपाली कामदारको समस्यालाई सञ्चारमाध्यममा ल्याउन ललन यादवको अध्यक्षतामा १३
सदस्यीय नेपाल–मलेसिया आप्रवासी बज्जिका पत्रकार सङ्घ गठन गरिएको छ ।
सङ्घको उपाध्यक्ष राजकुमार यादव, सचिव दीपेन्द्र कुशवाहा, सहसचिव दिलबन्धु यादव, कोषाध्यक्ष अनुप माझी तथा सदस्यहरू लक्ष्मण यादव, हसरे आलम, राजेश कहार, सञ्जीव यादव, भुवनेश यादव, उमेश गुप्ता, बलराम गिरी रहेका छन् ।
छलफल तथा समीक्षा बैठक प्रत्येक तीन महिनामा गर्ने निर्णय गरिएको र बज्जिका भाषामा मलेसियाबाट एउटा ब्लगस्पट सञ्चालन गरिने निर्णय गरिएको समेत नेपाल–मलेसिया आप्रवासी बज्जिका पत्रकार सङ्घका अध्यक्ष ललन यादवले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
-PrateekDaily-
प्रतिक्रिया लेख्नुहोस