चिसोले जनजीवन प्रभावित
रौतहट–एक्कासी मौशममा आएको परिवर्तन पछि बढेको अत्याधिक चिसो र शितलहरका कारण मध्य तराइको जनजीवन कष्टकर बन्दै गएको छ। माघको पहिलो साता दुईदिनसम्म परेको झरीसँगै तापमान एक्कासी घटेपछि चिसो र शितलहर बढेको हो।
मध्य तराईका बीरगंज, बारा र रौतहटमा एक्कासी बढेको जाडो र शितलहरका कारण बृद्ध, बृद्धा, बालबालिक, सुत्केरी महिला तथा पशुचौपायासमेते चिसोले प्रभावित भएका छन् ।
तराइ मधेस आन्दोलनका कारण तराइमा विहानको समयमामात्र विद्यालय चलाउन अनुमति छ तर, चिसोका कारण बालबालिकलाई विद्यालय जान कठिनाइ भएको निजी तथा गैर अवाशीय बिद्यालय (प्याब्सन) का सचिव गौतम श्रेष्ठले बताए । ‘अत्यधिक जाडोका कारण स्कुले वालबालिका नराम्ररी प्रभावित भएका छन्,’ उनले भने, ‘विहानको समयमा पश्चिमा वायुसँगै हुस्सु लाग्ने गरेकोले कक्षा कोठा चिसो हुनुका साथै लोडसेडिङका कारण कक्षाकोठा अध्यारो हुँदा पढाइमा समेत समस्या भइरहेका छ।’
चिसोमा सर्वसाधारणलाई घर बाहिर निस्किने, आगो तापेर बस्ने, तातो झोलपदार्थ खान जिल्ला अस्पताल गौरले आग्रह गरेको छ। चिसोको कारण पछिल्लो पटक गौर अस्पतालमा समेत विरामीको संख्यामा वृद्धि भएको अस्पतालका चिकित्सक प्रमोद यादवले बताए । चिसोले बाथरोग, मुटु, दम, खोकी, ज्वरो, निमोनियालगायका बिरामी दैनिक जिल्ला अस्पतालमा उपचारका लागि आउने गरेको चिकित्सक यादवले बताए।
-Nagariknews-
प्रतिक्रिया लेख्नुहोस