Rautahat News

गरुडामा सदरमुकामको माग गर्दै आन्दोलनको कार्यक्रमसहित बन्यो विस्तृत सङ्घर्ष समिति

प्रस, गरुडा, २१ पुस/

रौतहट जिल्लाको मध्य भागमा गरुडा चोक रहेकोले जिल्लाको सदरमुकाम गरुडामा हुनुपर्ने मागसहित आन्दोलन शुरु भएको छ । केही मधेसवादी नेताहरूले मौलापुर, गरुडा र समनपुरमा भइरहेको सेवा केन्द्र विस्तारको विरोध गरेकाले जिल्लाको सम्पूर्ण नागरिकलाई सहज हुने र पायकपर्ने गरुडा भएकोले जिल्लाको सदरमुकाम गरुडामा हुनुपर्ने माग बढेको छ ।
जिल्लाको पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिरबाट मध्य भागमा पर्ने गरुडा नगरपालिका जिल्लाको सदरमुकाम हुँदा जिल्लाको कम्तीमा असी प्रतिशत नागरिकलाई पायक पर्ने भएकोले गरुडा नगरपालिकामा जिल्लाको सम्पूर्ण प्रमुख कार्यालय स्थापना गर्न माग गर्दै आन्दोलनको शुरुआत गरिएको हो । गरुडामा सदरमुकाम स्थापनाका लागि गरुडा सदरमुकाम सङ्घर्ष समिति चयनसमेत गरिएको छ । तत्कालै आन्दोलनलाई अगाडि बढाउन ५१ सदस्यीय गरुडा सदरमुकाम सङ्घर्ष समिति गठन भएको छ । सङ्घर्ष समितिको संयोजक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सियाराम कुशवाहा फिरोज तथा प्रवक्ता शिवशङ्कर पान्डे चुनिएका छन् ।
गरुडा सदरमुकाम सङ्घर्ष समितिको सल्लाहकार समितिमा राजकुमार दास, रामकृष्ण चौधरी, रामभरोस यादव, अशोकप्रसाद यादव, कन्थमुनि जयसवाल, धर्मनाथप्रसाद जयसवाल, बृजकिशोर यादव, रामजीप्रसाद साह, नागेन्द्रप्रसाद चौरसिया, रामयतनप्रसाद रौनियार, रामसिंह यादव, जितेन्द्र श्रीवास्तव, जोगी साह, राजेन्द्र यादव, जयमङ्गल यादव, हृदयनारायण राय, रुनुबाबू पाण्डे लगायत छनोट भएका छन् । यसैगरी आन्दोलनको गतिविधिलाई जनमानसमा पु¥याउन गठित प्रचारप्रसार समितिको संयोजक मनोजकुमार चौधरी, कृष्णा तिवारी र अमृत कुशवाहालाई चयन गरिएको छ ।
गरुडामा जिल्लाका सम्पूर्ण प्रमुख सरकारी कार्यालय नआएसम्म अनिश्चितकालीन सडक आन्दोलन गर्ने सङ्घर्ष समितिका संयोजक फिरोजले बताएका छन् । आन्दोलनको पहिलो कार्यक्रम शुक्रवार दुई घण्टा चक्काजाम गर्ने निर्णय भएको समितिका प्रवक्ता पाण्डेले बताएका छन् ।

 

-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button