Local LevelsParsa News

रामनगरीमा रक्तदान कार्यक्रम सम्पन्न ३२ जनाले गरे रक्तदान

 

असोज २९, २०७७ पर्सा

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीमा ब्लड बैंक बीरगंजमा रक्तको चरम अभावको कारण खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान गरी जिवन दान गरौँ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा रामनगरी,जनहित बचत तथा ऋण सहकारी संस्था लि. रामनगरी र सामुदायिक बिकास स्रोत केन्द्र नेपाल रामनगरीको संयूक्त आयोजनामा संचालन भएको रक्तदान कार्यक्रममा १ महिला र ३१ पुरुष गरी जम्मा ३२ जनाले रक्तदान गरेका छन ।

 

बिश्व भर फैलिएको कोरोना भाइरस कोभिड १९ र बिभिन्न कारण बस बीरगंजमा रक्तको अभाव भएकोले रक्त संचार केन्द्र बीरगंजमा रक्तको अभाव हुन नदिनको लागि स्वास्थ्य सुरक्षाको मापदन्ड तथा सतर्कर्ता अपनाई रामनगरीमा रक्तदान कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा रामनगरीका सचिव अरबिन्द कुमार साहले जनकारी गराउनु भयो । नेपाल रेडक्रस सोसाइटी उपशाखा रामनगरीका सभापति श्री हरेन्द्र प्रसादको सभापतित्वमा तथा बहुदरमाई नगरपालिका ८ नं. वडा का वडा अध्यक्ष श्री पुनिलाल साह तेलिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आयोजक संस्थाहरु बाट बृजकिशोर पटेल,रामप्रबेश साह वडा सदस्य हरिन्द्र गिरी,किशारी गोसाई प्रमशिला देबी र सिता देबी लगायत स्थानिय भद्रभलादमि तथा युवाहरुको सहभागिता रहेको थियो साथै रक्त संचार केन्द्र बीरगंजको तर्फबाट जितेन्द्र कुशवाहा लगाएतकाले सहयोग गर्नु भएको थियो । कार्यक्रममा रक्तदान गर्नेमा अन्तिमा कुमारी तेलि,अरबिन्द साह,जयनरेश साह,राजेश प्रसाद,प्रबिन्द साह,रिशी साह बिजय यादव,संजय साह ,बिजय साह,लालबाबु यादव,कृष्णा साह , संजय सहनी,अनु गिरि,मेघराज सहनी,दिपेन्द्र साह लगायतकाले रक्तदान गरेको आयोजक संस्थाका जयनरेश साहले जनकारी गराउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Related Articles

Back to top button