Parsa NewsPokhariya Nagarpalika

पोखरिया नपाद्वारा फोहर व्यवस्थापनमा चरम लापरवाही

प्रस, पोखरिया, २८ जेठ/
पोखरिया नगरपालिकाले फोहर व्यवस्थापनमा चरम लापरवाही देखाउँदै आएको छ । नगरपालिकाद्वारा दैनिक रूपमा सङ्कलित फोहरमैला ६ महीनादेखि वीरगंज–पोखरिया सडकखण्डको पोखरिया नपा–९ भुताहा खोला सडक नजीक जथाभावी फाल्ने र त्यसलाई आगो लगाएर नष्ट गर्ने गरेको छ ।

दैनिक रूपमा दुई कन्टेनर फोहर सङ्कलन हुने पोखरिया नपाले सडकछेउमा फोहर थुपार्ने र त्यसलाई आगो लगाएर नष्ट गर्दा सो क्ष्Fेत्रबाट आवतजावत गर्ने यात्रुहरूलाई समस्या पर्नुको साथै आसपासका गाउँलेहरूलाई पनि मर्का परिरहेको छ ।
सडकपेटीमा थुपारिएको फोहरलाई बिहान सात बजेदेखि आगो लगाएर नष्ट गरिन्छ । आगो लगाउँदा फोहरबाट दिनभरि धुँवा निस्किने र धुँवाले सो सडकखण्डबाट आवतजावत गर्ने यात्रीहरूलाई समस्या हुने गरेको बताइन्छ ।
यसैगरी धुँवाले आसपासका वस्तीमा रहेका मानिसहरूलाई प्रभाव पार्दैछ । जिल्ला अस्पताल पोखरियाका मेसु डा. अनिल यादवले धुँवाबाट श्वासप्रश्वासको समस्या र एलर्जी हुने बताए । उनले फोहरजस्तो संवेदनशील विषयलाई उचित व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।
पोखरिया नपाका प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मीले सो विषय राजनीतिक भएको बताए । उनले फोहरको उचित व्यवस्थापनतर्पm नपा संवेदनशील भएको दावी गरे । प्रमुख प्रशासकीय अधिकृत रेग्मीले गापा–नपासँग सहकार्य गरेर स्थानीय तहमा सङ्कलित फोहर व्यवस्थापनको लागि पहल गर्ने आश्वासन दिए।

-PrateekDaily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Related Articles

Back to top button