चौरसिया द्वारा नगवा १९ मा हजारौ जमातका साथ २०७२ संविधान जलाइयो
३ असोज/वीरगंज – मधेश विरोधी संविधान २०७२ लाई मधेशवादी दलहरुले पर्सा जिल्लामा मात्रै ८२ गाविस देखि लिएर नगरपालिका सम्म ५ सय स्थानमा एकै साथ संविधान जलाएका छन् ।
संविधान जलाउने क्रममा संघिय समाजवादी पार्टी भातृ संगठन,युवा लिगका राष्ट्रिय अध्यक्ष प्रदिप चौरसियाको नेतृत्वमा नगवा १९ मा संविधान जलाइएको छ भने एन.प्याब्सनका अध्यक्ष नन्दन यादवले नारायणी उप–क्षत्रीय अस्पताल अगाडी संविधान जलाएक छन् ।
त्यसै गरि पर्साको नगरपालिकामा रहेका ३२ वटा वडाहरुमा ६९ वटा गाविसहरुमा प्रत्येक चौक चौकमा संविधान जलाएका छन् ।संविधान जलाउने क्रममा आक्रोसित युवा र मधेशका योद्धाहरुले गर्वका साथ संविधान जलाएका छन् । संविधान जलाउदा मधेश विरोधी सरकारको विरुद्धमा नारावाजी गरेका थिए र मधेश आन्दोलन क्रम यर्थावत रहने गरि थप आन्दोलनको स्वरुपहरु परिवर्तन गरि मधेशमा मधेशी युवा सेना परिचालन गर्ने आन्दोलनमा उत्रेका मधेशवादीहरुका अगुवाहरुले जनाएका छन ।
प्रतिक्रिया लेख्नुहोस