Birgunj News

२२ घण्टा पछी अध्यक्ष प्रदिप चौरसीया र रोशन कुमार पटेल थुना मुक्त

०२ असोज/ – राष्ट्रिय मधेश समाजवादी पार्टी का भातृ संगठन युवा लिग का राष्ट्रिय अध्यक्ष प्रदिप चौरसीया र रोशन कुमार पटेल लाई मानव अधिकार तथा शान्ति समाज का अध्यक्ष प्रमान्नद चौधरी र अमर गौतम को जिम्मा मा पर्सा प्रहरी ले २२ घण्टा पछी थुना मुक्त गरेका छन ।

नयां संविधान २०७२ पारित गरिएको लाई मधेशवादी हरु ले कालो दिन को रुपमा मनाईने भएको भन्दै तराई को विभिन्न जिल्ला हरु मा बिरोध जनाउने क््रःममा राष्ट्रिय मधेश समाजवादी पार्टी का भातृ संगठन युवा लिग का राष्ट्रिय अध्यक्ष प्रदिप चौरसीया को नेतृत्वा टोली द्धारा जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको दंङ्गाग्रस्त निषेधीत क्षेत्र लाई अवज्ञा गर्दै नारावाजी का साथ माइस्थान को सडक मा पुगेका थिए ।

पर्सा प्रहरी का प्रहरी निरिक्षक शेख अदालत र विर्ता वडा का प्रहरी निरिक्षक बिजय यादव को संयुक्त टोली ले दंङ्गाग्रस्त निषेधीत क्षेत्र लाई अवज्ञा गरेको मा २७ जना लाई गिरफ्तार गरेको छ ।

पक्उ पर्नेहरु मा लिग का राष्ट्रिय अध्यक्ष प्रदिप चौरसीया, केन्दिय सदस्य कुन्दन कुमार सिंह,सदभावना पार्टी का नेता बसीर अहमद, रामसपका रोशन कुमार, मनोज साह अभिशेक तिवारी, शिवजी साह, रामबाबु रायमाझी, लक्ष्मण साह , मदन प्रसाद कलवार, उमेश प्रसाद रौनियार धुर्व साह, रमेश यादव, मोजामिल मियां, ईमरान अहमद , फैयाज अहमद, जाकिर हुसैन , अरमान हुसैन, ईन्दु भुषण प्रसाद कुश्वाहा, बिरेन्द प्रसाद कुश्वाहा , चन्देश्व प्रसाद कुश्वाहा , प्रमोद साह, मनोहर साह तेली,सर्फराज, आलम पप्पु खान, राजेश कुश्वाहा,लगायत का कार्यकर्ताहरु गिरफ्तारी दिएका थिए । सबै रिहा भएता पनी राष्ट्रिय मधेश समाजवादी पार्टी का भातृ संगठन युवा लिग का राष्ट्रिय अध्यक्ष प्रदिप चौरसीया र रोशन कुमार पटेल लाइ हिरासत मा नै राखिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button