१६ महिलासहित १५८ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, ८ माघ/
फर्मा क्लब वीरगंज, नेपाल औषधि उत्पादक सङ्घ र नेपाल फर्मास्युटिकल्सले औषधि व्यवसायी स्व. महेन्द्रबहादुर अमात्यको पहिलो वार्षिक पुण्यतिथिको अवसरमा माईस्थान पार्कमा आयोजना गरेको रक्तदान कार्यक्रममा १६ महिलासहित १५८ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले बताए ।
रक्तदान गर्नेहरूमा अमित साह, भाइकाजी श्रेष्ठ, सुभाष साह, विवेक पञ्जियार, धीरेन्द्र ठाकुर, बिक्की थापा, प्रवीण मिश्रा, शशीकान्त चौधरी, विवेक बस्नेत, दिवाकर अमात्य, प्रवीण पटेल, राजीव थापा, अविनाश चौधरी, उमेश चौधरी, राधेश्याम पञ्जियार, योगेन्द्र राउत, विकास ओझा, गौरीशङ्कर श्रीवास्तव, श्रीकान्त गुप्ता, सोनालाल पटेल, राजकुमार चौधरी, साजन सिंहलगायत रहेका छन् ।
कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका जीतेन्द्र कुशवाहा, नन्दकिशोर साह, मेघनाथ सहनी, लोकेन्द्र पटेल, सर्राफलाल महतो, जीतेन्द्र महतो, सुनील चौधरी, सन्दीप यादव र ब्लड डोनर्स एसोसिएसन पर्साका सचिव अरविन्द सिंहले प्राविधिक सहयोग पु¥याएका थिए ।
-Prateek daily-
प्रतिक्रिया लेख्नुहोस