Birgunj News

हेल्थ असिस्टेन्ट धर्नामा बसेपछि स्वास्थ्य सेवा प्रभावित

प्रस, वीरगंज, १९ पुस/

पर्सा जिल्लाका सम्पूर्ण हेल्थ असिस्टेन्टहरूले अधिकार माग गर्दै ३ दिनदेखि धर्नामा बसेपछि अहिले ग्रामीण क्ष्Fेत्रको स्वास्थ्य सेवा पूर्णरूपले प्रभावित भएको छ ।

जिल्लाका ७० जना हेल्थ अस्टिटेन्ट ३ दिनदेखि कामकाज बन्द गरी जिल्ला जनस्वास्थ्यमा धर्ना दिन पुगेपछि गाउँमा यस्तो समस्या आएको जानकारी प्राप्त भएको छ । स्वास्थ्य सेवासँगै २१ वटा बर्थिंग सेन्टरसमेत प्रभावित भएको छ ।

स्वास्थ्य चौकीमा राज्यले तोकेको जिम्मेवारी जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले नदिएपछि आप्mनो कामकाज ठप्प गरी हेल्थ असिस्टेन्टहरू आन्दोलित भएका हेल्थ असिस्टेन्ट सङ्घका केन्द्रीय सदस्य अमितकुमार यादवले बताए ।

नियमतः सिनियरहरूलाई स्वास्थ्य चौकी प्रमुख बनाउनुपर्नेमा अहेबहरूलाई जिल्ला जनस्वास्थ्य कार्यालयले प्रमुखको जिम्मेवारी दिएकोमा पर्सामा अहिले प्रमुख बन्ने विषयमा विवाद चर्केको छ ।

चौकी प्रमुख सम्बन्धी विवाद समाधानको माग गर्दै पुस १७ गतेदेखि स्वास्थ्यकर्मीहरू कामकाज ठप्प गरी चरणबद्ध आन्दोलनमा उत्रेका हुन् ।

जिल्ला अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल सरकारको तेरिज, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय हेटौंडाले हेल्थ असिस्टेन्टहरू नै प्रमुख हुने निर्णय गर्दासमेत जनस्वास्थ्य कार्यालय पर्साले एक्लो हैकमबाजी गरी जिम्मेवारी नदिएको कारण आन्दोलनमा उत्रेको आन्दोलन समितिका जिल्ला संयोजक धर्मेन्द्रराय यादवको भनाइ छ ।

जिल्ला जनस्वाथ्य कार्यालय, पर्साले आर्थिक वर्ष २०७३/०३/०७ को १८९१ च.नको पत्रमा प्रमुखको जिम्मेवारी दिए पनि फेरि सोही दिन जिम्मेवारीबाट फिर्ता लिएको आन्दोनमा उत्रेको स्वाथ्यकर्मीहरूको भनाइ रहेको छ ।

 

-Prateek daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button