हुन्डी प्रकरण ः अढाई करोड धरौटी तिरी जैनद्वय रिहा
प्रस, वीरगंज, ६ माघ/
अवैधरूपमा बैंकिङ कारोबार (हुन्डी) गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरी कारबाई चलाएकोमा पर्सा जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा रहेका सन्तोष जैन र विक्की भन्ने अङ्कुर जैन आज अढाई करोड धरौटी तिरी रिहा भएका छन् ।
उच्च अदालत वीरगंज इजलासका न्यायाधीशद्वय मोहन कार्की र रामचन्द्र यादवको संयुक्त इजलासले जैन बाबुछोरालाई जनही १ करोड २५ लाख धरौटी लिएर साधारण तारेखमा रिहा गर्न आदेश दिएको अधिवक्ता सुधीर कर्णले प्रतीकलाई बताए । पर्सा जिल्ला अदालतले अवैध बैंकिङ कारोबार
(हुन्डी)मा पर्सा जिल्ला अदालतले कात्तिक १२ गते सन्तोष जैन र निजका छोरा विक्की भन्ने अङ्कुरजैनलाई पुर्पक्षको लागि जेलचलानको आदेश गरेको थियो भने जैनकी पत्नी उषा गोयन्कासँग डेढ करोड र उनीहरूका कर्मचारीद्वय सुनील पटेल र जीवन ठाकुरसँग ५/५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
उच्च न्यायालयमा आज अभियुक्त जैनद्वयको पक्ष्Fमा कानून व्यवसायी अधिवक्ता कर्ण र किशुनदेव कुशवाहाले बहस गरेका थिए भने विरुद्धमा जिल्ला न्यायाधिवक्ता गोपीचन्द भट्टराईले बहस गरेका थिए ।
-Prateek daily-
प्रतिक्रिया लेख्नुहोस