Birgunj News

स्वतन्त्र मानवअधिकार समाजद्वारा बाल कल्याण गृह विर्तामा शैक्षिक सामाग्री वितरण

वीरगंज १७ साउन । स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजले आज एक समारोहका बीच गुरु पुर्णिमाको अवसर पारेर बाल कल्याण गृह विर्ताका अनाथ बाल बालिकाहरुलाई स्टेशनरी,खेलकुद,फलफुल,विस्कुट र मिठाई लगायतको समाग्रीहरु वितरण गरेको छ । सो पश्चात त्याहा बालबालिकाहरुलाई खिरपुरी,तरकारी,मिठाई केरा आप लगायतका  समाग्रीहरु खुवाएको थियो ।

पर्साका प्रमुखजिल्ला अधिकारी केशवराज घिमिरेको प्रमुखआतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथी मुकेश सरावगी,अतिथीहरु संघिय सदभावना पार्टीका केन्द्रिय सदस्य नेजामुद्दिन समानी,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवम् मध्यमाञ्चल संयोजक शितल महतो,जिल्ला अध्यक्ष श्याम बन्जारा,पुर्व अध्यक्ष केशी लामिछाने,नसिंग क्याम्पसका प्रमुख मोना राणा,समाजिक संस्था जिल्ला समन्वय समितीका अध्यक्ष राम नरेश यादव वीरगंज जेशिजका पुर्व अध्यक्ष अमित श्रेष्ठ,बाल कल्याण गृहका अध्यक्ष डा.श्याम सुन्दर दास सदस्य गिता श्रेष्ठ रहेका थिए ।

सोही प्रकार वीरगंज युवा समाजका सचिव प्रकाश नेपाल,वीरगंज टिभीका निर्देशक दिपेश श्रेष्ठ,नारायणी उप–क्षेत्रीय अस्पतालका कर्मचारी युनियन का अध्यक्ष रामेश्वर प्रसाद लगायतकाले स्वतन्त्र मानव अधिकार गरेका समाजिक कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रमको सभापतित्व समाजका सभापति कृष्ण कुमार खनाले गरेकोमा स्वागत मन्तब्य उप सभापति रमेश शर्माले र सहजीकरण युवा विद्यार्थी नेता दिलिप कार्कीले गरेको उक्त समारोहमा समाजका सचिव नन्दि किशोर यादव,अनुगमन समितीका संयोजक संजय जोशी,केन्द्रीय सदस्यहरु दिपक साह कानु,हरेन्द्र पटेल,लालबाबुसिंह शिवम साह,सुवोद गुप्ता,संजय साह कानु,गौरव सन्तोष पटेल,निशान लाठ,सल्लाहकार प्रकाश कुमार गुप्ता,रामेश्वर गुप्ता लगायतको विशेष सहभागिता रहेको थियो ।

त्यसै गरि स्वतन्त्र मानव अधिकार समाजको सिफारिसमा श्री गणपती डाइगनोश्टिक सेन्टरका संचालक दिपक साह कानु ले बाल कल्याण गृहका बालबालिकाहरुलाई विरामी परेको बेलामा निःशुल्क रगत ,दिसा,पिसाब चेकजाच गर्ने घोषणा गर्नु भएको समाजका सचिव नन्दि किशोर ले बताउनु भयो ।

– Krishna Khanal-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button