Birgunj News

स्कर्टिङबाट साढे तीन सय गाडी गए, प्रहरीको गाडीमा पेट्रोल बम, दुई राउन्ड हवाई फायर

वीरगंज, १० भदौ – निषेधाज्ञा जारी गरी बुधवार राति पर्सा प्रहरीले स्कर्टिङबाट ३५५ वटा सवारीका साधन राजधानीलगायत स्थानमा पठाएको छ । स्कर्टिङबाट ३१ वटा बस, ६ वटा ग्याँस ट्याङ्कर, १ सय १० ओटा मालवाहक ट्रक, २८ वटा पेट्रोलिय पदार्थ बोकेका ट्याङ्कर र ७६ वटा कन्टेनरसहित अन्य सवारी साधनहरू गन्तव्यतर्फ पठाएको हो ।

जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज भंसार कार्यालय र सुख्खा बन्दरगाहबाट निकालिएका गाडीहरू निषेधाज्ञा अवधिमा गन्तव्यतर्फ पठाएको हो । सो क्रममा पर्साको बहुअरीमा आन्दोलनकारीहरूले स्कर्टिगमा रहेका पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीको गाडीमा पेट्रोल बम प्रहार गरेका थिए ।

आन्दोलनकारीहरूले आक्रमण गरेपछि उत्रिएर उनीहरूलाई लखेट्ने क्रममा आन्दोलनकारीले ढु·ामुढा पनि गरेको र ढु· लागेर प्रउ लोहनीको औंंला घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रउ लोहनीमाथि ढु·ामुढा गरेपछि उनको सुरक्षामा तैनाथ प्रहरीले दुई राउन्ड हवाई फायर गरी आन्दोलनकारीलाई भगाएका थिए ।

-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button