सहिद घोषणा गर्न मोर्चाको माग
१९ कार्तिक/वीरगन्ज – सयुंक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रेस विज्ञप्ति जारी गरि वीरगन्जमा प्रहरीको गोलीले मृतक भएको भारतीय नागरिक आशीष रामलाइ शहिद घोषणा गर्न माग गरेको छ ।
मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा तीन महिनादेखि जारी रहेको ऐतिहासिक मधेश जनआन्दोलनलाई हिंस्रक दमन गरेर दबाउने नीति अनुरुप सरकारले पटक पटक मानवअधिकारको घोर उलंघन गर्दै गैर राजनीतिक, अबैधानिक र अन्यायपुर्ण तरिका अपनाउँदै आएको सर्वविदितै रहेको उल्लेख गरिएको छ । डेढ महिनादेखि भारतसँग जोडिने सिमा नाका ठप्प परेर नाकाबन्दी गर्दै आएका आन्दोलनकारी उपर कायरतापुर्ण ढँगले आक्रमण गरेको घटनासँगै छिमेकी हितैषी राष्ट्र भारतका एक जना निर्दोष नागरिकको बर्बरतापुर्ण हत्या गरेको दःुखद घट्ना मोर्चाले जनाएको छ । घटनामा मारिएका आषिश रामलाई भावपुर्ण श्रधाञ्जली दिदै मृत्यु उपरान्त उनलाई दिइनु पर्ने उचित सम्मानको लागि अपिल गरिएको छ ।
आफ्नो निजी कामले वीरगन्जतर्फ आएर फर्किने बेलामा प्रहरीको गोलीको आषिश राम शिकार भएको मोर्चाको ठहर रहेको छ । मधेशको यस आन्दोलनलाई दबाउनैका निम्ति चलाईएको गोलीबाट एक जना निर्दोष ब्यक्ति मारिएकोले यसअघिमा २००७ साल, २०४६ साल र २०६२÷०६३मा नेपालमा भएका आन्दोलनमा मारिएका भारतीय नागरिकलाई सरकारले शहीद घोषण गरी क्षतिपुर्ति प्रदान गरेको पृष्टभुमीलाइ अवगत गराउदै मोर्चाले मृतक रामलाई पनि सोही अनुरुप सम्मान प्रदान गर्नुको साथै परिवारजनलाई उचित क्षतिपुर्ति तथा शहीद घोषणा गर्न जोडदार माग गरेको छ । सिमा क्षेत्रमा प्रहरीले गरेको दमनको क्रममा मारिएका उनलाई हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै आफ्नो निजी काम बिषेशले नेपालतर्फ आउने सिमावर्ती जनतासँग यहाँको प्रहरी प्रसाशनले गरिरहेको दुब्यवहार र ज्यादती बन्द गर्न समेत जोडदार समेत माग गरिएको जनाइएको हो । मोर्चाका तर्फ बाट प्रदीप यादव, पूरुषोत्ताम झा, नेजामुद्दीन समानीर र प्रेमचन्द्र कुश्वाहले संयुक्त रुपमा जारि गरेको प्रेस विज्ञप्ति मा उलेख गरिएको छ ।
-Madheshvani-
प्रतिक्रिया लेख्नुहोस