Birgunj News

सहमतिको अन्तिम बुँदा अन्तरिम संविधान– ढुङ्गाना

वीरगंज, २१ मङ्सिर – सरकार र मधेसी मोर्चाबीचको सहमतिको अन्तिम बुँदा अन्तरिम संविधान नै हुनुपर्ने नागरिक समाजका अगुवा दमननाथ ढु·ानाले बताएका छन् ।ढु·ानाको नेतृत्वमा आएको टोलीले आज मितेरी पुलमा पुगी नेपालको राजनीतिमा भारतको ठूलो हात रहेको बताए । २००७ सालदेखि नै नेपालको राजनीतिमा निर्णायक भूमिका भारतले खेलेकोले मोर्चाका नेताहरू दिल्ली जानु ठूलो कुरा नभएको उनले बताए ।

मधेसको माग भारतले सम्बोधन गर्नुपर्छ उनको ठहर थियो । राज्यले चाहेको भए मधेस आन्दोलन अघि नै समाप्त हुने थियो तर फास्ट ट्रयाकको नाममा संविधान जारी गर्नु गलत भएको टिप्पणी गरे । अधिकारको लडाइँ वार्ताबाट नै समाधान हुने भएकोले टेबुलमा आउन आग्रह गरेका थिए । मधेसको आन्दोलनप्रति काठमाडौंको सञ्चारमाध्यमले शुरुदेखि नै नकारात्मक भावना फैलाएको र त्यसको विरोध आफूहरूले काठमाडौंमा गर्दै आइरहेको बताए ।

अधिकारको लागि बलिदान दिनेको रगत खेर जाँदैन, जुन उद्देश्यले मधेसमा आन्दोलन भइरहेको छ त्यसको परिणाममुखी निष्कर्ष आउने उनले बताए । मधेस र सरकारबीच वातावरण बनाउनको लागि मितेरी पुलमा पुगेका ढु·ानासहितको टोलीले आफूहरू माओवादी कालमा अहं भूमिका खेलेको बताउँदै सोही अनुरूप मधेसमा पनि भूमिका निर्वाह गर्ने बताए ।

फास्ट ट्रयाकको नाममा मधेसको अधिकार खोसिएको उनको कथन थियो । ढु·ानाले सरकारलाई दमनकारी नीति त्यागेर मधेसको जायज माग सम्बोधन गर्नेतर्फ इमानदारपूर्वक लाग्न सुझाव दिए ।

टोलीमा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधार, प्राध्यापक डा. वीरेन्द्र मिश्रालगायतको उपस्थिति थियो ।

टोलीलाई धन्यवाद दिंदै तमलोपाका महामन्त्री जीतेन्द्र सोनलले मधेसको समस्या बुझेर काठमाडौं पुगेर बताउन आग्रह गरेका थिए । मधेसको अवस्था विकराल हुँदै गएको तर काठमाडौंले मधेसमा भारतीय नागरिकले आन्दोलन गरेको भनाइप्रति दु:ख व्यक्त गर्दै सत्य, तथ्य समाजमा देखाइदिन आग्रह गरेका थिए ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button