Birgunj News

समाचारको प्रभावले पुल हुँदै जाने बाटो मरम्मत शुरू

प्रस, रौतहट, १९ पुस/

रौतहटमा बाटो बिनाको पुलनिर्माण शीर्षकमा समाचार प्रकाशित भएपछि आज मङ्गलवारदेखि लालबकैया कटहरिया पुल छेउको बाटो निर्माण शुरु भएको छ ।

सडक डिभिजन कार्यालय, चन्द्रनिगाहपुरका इन्जिनियर श्यामनारायण मिश्राको सक्रियतामा मङ्गलवार बिहानैदेखि एउटा स्काभेटरद्धारा बाटो निर्माण कार्य शुरु भएको हो । पुलको दुवैछेउको बाटो अविलम्ब निर्माण गर्न भोलिदेखि थप दुईवटा स्काभेटर लगाउने इन्जिनियर मिश्राले बताए । उक्त पुलको दुवैतर्फ आगामी २५ गतेभित्र बाटो निर्माण पूरा गरी यातायात सञ्चालन गरिने मिश्राले बताए ।

त्यसपछि गर्जाघाटमा निर्मित पुलको दुवैछेउको बाटो निर्माण हुने सडक डिभिजनले जनाएको छ । झन्डै १० करोड रुपियाँको लगानीमा कटहरिया घाट २०७१ सालमा र रु १० करोडको लगानीमा गर्जाघाटमा पुल निर्माण भएको थियो । दुवै पुल छेउको बाटो समयमैं निर्माण नहुँदा यातायात सञ्चालन हुन सकेको थिएन । त्यति मात्र नभई उक्त पुलहरूबाट ओहरदोहर गर्ने दर्जनौं मानिस दुर्घटनाका शिकार हुने गरेका थिए ।

डिभिजन प्रमुख अरविन्द गुप्ताले जिल्लाको पश्चिमीभेग स्थित उक्त दुवै पुल हुँदै दैनिक हजारौं मानिस आवतजावत गर्ने भएकाले दु्रतगतिमा बाटो निर्माण गरेर उद्घाटनसमेत गराउने योजना रहेको बताए । भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखकद्वारा आगामी २६ गते कटहरियास्थित पुल उद्घाटन गराउने योजना बनिरहेको डिभिजन प्रमुख गुप्ताले जानकारी गराएका छन् ।

-Prateek daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button