Birgunj News

समर्पणद्वारा दीनदु:खीलाई साप्ताहिक निश्शुल्क भोजन

वीरगंज, २१ मङ्सिर – पर्सा, चितवन, काठमाडौंलगायत स्थानमा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको समर्पण संस्थाले जारी मधेस आन्दोलनको क्रममा दीनदु:खीहरूलाई साप्ताहमा एक दिन निश्शुल्क भोजनको व्यवस्था गरेको छ।वीउवासङ्घ अगाडि रहेको एउटा चिया पसलेलाई साप्ताहिक खर्च उपलब्ध गराएर समर्पण संस्थाका अध्यक्ष समाजसेवी विश्वनाथ शाहले गरिब, दीनदु:खी २५ जनालाई निश्शुल्क भोजनको व्यवस्था गरेका छन् ।

चिया पसल सञ्चालक दीपक कार्कीले विगत तीन महिनादेखि समाजसेवी साहले साप्ताहिक २ हजार रूपैयाँ उपलब्ध गराएको र सोहीबाट दाल, भात, तरकारी, अचार खुवाउने गरेको बताए । उनले शुरुको दिनमा शनिवार सञ्चालन गरेको पछि दाताबाटै सोमवार सञ्चालन गर्न भनिएपछि सोमवार २५ जना दीनदु:खीलाई खाना खुवाउने गरेको बताए ।

उनले अलखियामठ, महावीर स्थान, माईस्थान मन्दिरमा रहेका माग्नेका साथै आसपासका मानसिक रोगी, अशक्तहरू आएर खाने गरेको बताए । उनले दुव्र्यसनी र असामाजिक कार्य गर्नेलाई भोजन नदिने बताए । साप्ताहिक भोजन सञ्चालन गर्दा शुरुको दिनमा निम्तो दिनुपर्ने तर अहिले उनीहरू आपैंm भोजनको लागि आउने गरेको बताए ।

-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button