Birgunj News

सतवरिया माविमा चार विषयको परीक्षा गाइडको भरमा

धर्मेन्द्र चौरसिया, पोखरिया, २३ पुस/

पोखरिया नगरपालिका–३ सतवरियास्थित नेरा आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले नैतिक शिक्ष्Fा, स्वास्थ्य तथा शारीरिक शिक्ष्Fा, कम्प्युटर र नेपाली विषयका परीक्षा गाइडको भरमा दिने गरेका छन् ।
सो विद्यालय कक्षा ८ सम्म सञ्चालित छ । एउटा कक्ष्Fाकोठामा ३ वटा कक्षाका विद्यार्थीलाई राखेर पढाउने गरिन्छ ।
कक्ष्Fाकोठाको अभाव र विद्यार्थी सङ्ख्या थोरै भएकाले विद्यालयले सो जुक्ति निकालेको हो । नेरा आधारभूत विद्यालय सतवरियामा कक्ष्Fा ३, ४ र ५ को एउटै कक्षाकोठामा अध्ययन हुन्छ भने कक्षा १ र २ पनि एउटै कक्षाकोठामा अध्ययन हुन्छ ।

सो विद्यालयमा कक्षा ७ र ८ को दोस्रो त्रैमासिक परीक्षा बितिसक्दा पनि नैतिक, स्वास्थ्य तथा शारीरिक, कम्प्युटर, जनसङ्ख्या, वातावरण र नेपाली विषयको कक्षा सञ्चालन हुन सकेको छैन । अध्ययन नै नगराइएको विषयमा परीक्षामा लिंदा शिक्ष्Fकहरूले  गाइड प्रयोग गरी उत्तर दिन विद्यार्थीहरू सुझाव दिने गरेका छन् ।

यसबारेमा विद्यालयका प्रधानाध्यापक रामबाबू चौहानसँग बुभ्mदा उनले बालविकासमा दुईजना र बाँकी आपूmसहित कुल ५ जना शिक्षक रहेको कारण समस्या भएको स्वीकार गरे ।

उनले गाइडबाट विद्यार्थीहरूलाई परीक्षाको उत्तर दिन सुझाव नदिएको बताए ।

-Prateek daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button