Birgunj News

सकिएका छैनन् सम्पदा

काठमाडौं, जेष्ठ १८ – महाभूकम्पले यूनेस्कोको विश्व सम्पदा सूचिमा रहेका सम्पदामध्ये अधिकांशमा कुनै न कुनै क्षति पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपाल भ्रमणका लागि जोखिमयुक्त भन्ने प्रचार गरेपछि त्यसको असर सिधै पर्यटन क्षेत्रमा परेको छ । पर्यटक आगमन ठप्प प्रायः भएको छ । विश्व सम्पदा सूचिमा रहेकामध्ये बौद्ध स्तुपा, पशुपतिनाथ मन्दिर, वसन्तपुर र भक्तपुर दरबार स्क्वायरमामात्रै सोमबार फाट्टफुट्ट पर्यटक देखिए ।

उपत्यकामा विश्व सम्पदा सूचिमा रहेका सातमध्ये बौद्ध स्तुपा र पशुपतिनाथ मन्दिरमा ठूलो क्षति छैन । पाटन दरबार स्क्वायर क्षेत्र, भक्तपुर दरबार स्क्वायर क्षेत्र, स्वयम्भूनाथ मन्दिरमा क्षति भए पनि पर्यटकलाई भ्रमण गराउन सकिने पुरातत्व विभाका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

भक्तपुरको चाँगुनारायण मन्दिर भने पूर्णरुपमा क्षति भएको छ । ‘चाँगुनारायणको मुख्य मन्दिर क्षति नभए पनि पर्यटक र दर्शनार्थी प्रवेश गराउन सक्ने अवस्था छैन,’ पुरातत्व विभाग अन्तर्गत दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय प्रमुख मंगला प्रधानले भनिन्, ‘मन्दिर परिसरको किलेश्वर महादेव र सत्तलहरु भत्किएका छन् ।’ भूकम्पले सत्तल भत्किंदा एक महिलाको मृत्यु भएको थियो ।

तस्बिरहरु: केशव थापा/ईकान्तिपुर

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button