संघिय समावेसी मधेसी मोर्चा पर्साका कार्यकर्ताहरु द्वारा आज देखि वीरगंज भन्सार मा धर्ना
७ असोज/वीरगंज – संघिय समावेसी मधेसी मोर्चा पर्साका कार्यकर्ताहरुले आज देखि नेपालको मुख्य प्रवेशद्वार वीरगंज भन्सार नजिक रहेको नेपाल भारत मितेरी पुल धर्नामा बसेका छन् ।
आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउन तथा आयत निर्यात ठप्प पारी सरकारलाई आफना माँगमा दवाव दिन भन्दै मैत्रीपुलमा धर्ना दिइएको मोर्चाका नेता शिव पटेलले बताए ।
जारी मधेस आन्दोलनको आज ४१ औ दिन सम्म पनि सरकारले ठोस कदम नचालेकोले मोर्चाका नेता कार्यकर्ताहरुले आन्दोलनको स्वरुप परिर्वतन गर्दै मुख्य भन्सार नाकाबन्दी गरी धर्नामा बसेका हुन ।
नाकाबन्दी कार्यक्रमलाई सफल पार्न २४ घण्टा धर्ना दिने र त्यही खाना र खाजाको प्रबन्ध मिलाईएको मोर्चाले बताएको छ ।
धर्ना कार्यक्रममा नेपाल सदभावना पार्टीका केन्दि««य अध्यक्ष एव पुर्व मन्त्री अनिल झा , संघिय समाजवेसी मधेसी मोर्चाका नेताहरु क्रमश तमलोपा का सभासद रमेश प्रसाद कुर्मी, पुरुषोत्तम झा,जटाशंकर गुप्ता, चन्दन मिश्रा, देवानन्द यादव, शुशील पटेल, रमाकन्त पटेल, रहमतुल्लाह खान, राजकुमार यादव, रामसपा का युवा लिग का प्रदिप चौरसिया के. स.राजेशमान सिंह,शिव पटेल,छोटेलाल यादव, शशिकपुर मियाँ, महाराज यादव,मस्तकिम अंसारी , नन्दन यादव,प्रेमबाबु पटेल, सुजित त्रिपाठी, कृष्णा पटेल,पप्पु पटेल,किशोरी यादव लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको छ ।
सडकमै खाजा खादै मोर्चाका नेता एवं कार्यकर्ता शान्तिपुर्ण धारणामा बसेका छन ।
प्रतिक्रिया लेख्नुहोस