वीरगन्जवासीले मागे ‘संविधानका त्रुटीको सूची’
वीरगन्ज–नयाँ संविधानले मधेसीको हक अधिकार सुनिश्चित भएको भन्दै साढे चार महिनादेखि आमहड्तालसहित आन्दोलनमा होमिएका मधेसी मोर्चालाई सर्वसधारणले संविधानमा भएका त्रुटीको सूचि जनतासमक्ष ल्याउन माग गरेका छन्।
‘सरकारले संविधान पढाउने र बुझाउने कार्यक्रम ल्याएको छ। त्यही संधिवानको विरोध गर्दै आन्दोलन गर्नेले कुन–कुन बुँदामा त्रुटी छ भनेर जनतासमक्ष ल्याउनुपर्छ,’ पोखरीयाका शुरेश कुमार चौरसियाले भने, ‘त्यसपछि संविधानलाई गलत किसिमले बुझाउने खोज्नेलाई जनताले आफै सवाल ते¥स्याई हाल्छन्।’
श्रीपुर मेनरोडस्थित शिवराज सुवेदीको चिया पसल । मेन रोडछेउको यो चिया पसल अगाडि सिलिण्डर लिएर ग्यासको लागि लाम बसेकाहरुको ताँती। युवाहरुको एक समुहले थालेको ‘चाय पर मधेस चर्चा’ भन्ने अनौपचारिक अभियानको सोमबार बिहानबाट सुरु भएको छ। चौधरीजस्तै धेरै जनाले मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्ण र अन्य नेतालाई प्रश्न तेर्साए। मोर्चाका नेताहरु संविधानभित्रका असहमतिका बुँदा गाउँ गाउँ लिएर आउन मोर्चाका नेतालाई आग्रह गरे।
‘सरकारले आन्दोलन मत्थर भएको भन्ने पार्न प्रयास गरिरहेको छ, मोर्चाले आन्दोलन गरिरहने जस्तो देखियो,’ चौधरीले थपे, ‘यस्तोमा कसरी निस्कन्छ निकास? मधेसमा बेग्लै सेना जन्मियो भने जिम्मेवारी कसले लिने ?’ उनले युवाहरुमा एकखाले निराशा र आक्रोश बढ्दै गएको बताए । छलफलका लागि चिया खान निम्त्याइएका सद्भावना पार्टीका सहअध्यक्षसमेत रहेका कर्णले संविधानले मधेश मात्र होइन सबै प्रदेशलाई अधिकारविहीन अवस्थामा राखेको आरोप लगाए।
कांग्रेस र एमालले संघीयता नपचाएकोले प्रसशकीय इकाईको रुपमा एकीकृत संघीयता ल्याउन खाजेकोले समस्या बल्झिएको उनको आरोप थियो। ‘मधेसले संघीयतालाई वास्तविक स्वरुपमा मागेको हो,’ कर्णले भने, ‘त्यो भनेको स्वशासन र शासनमा साझेदारी हो।’
साधन स्रोतको बाँडफाँड र प्रान्तलाई आर्थिक रुपमा स्वनिर्भर तथा प्रगति गर्नसक्ने खालको बनाउने जस्ता कुरा संविधानमा आउने पर्ने उनले बताए। नेता कर्णले लाखौं जनता कसैको प्रभावमा नभएर आफ्नो मनले आन्दोलनमा लागेकोे दाबाी गरे। नाकामा बस्नेले गर्मी र झरीदेखि सितलहरसम्मको सामना गरिरहेकोले यसलाई उनले अदभुत भने।
सर्वसधारणको परिचय दिएर बोल्ने हजारी यादवले मधेसी नेताहरुलाई आपसी बिवादलाई बाहिर जनतामाझ पुग्न नदिन आग्रह गरे। यस्ता बिवाद उनको भनाइमा ‘आन्दोलनको लागि नराम्रो’ भएको छ । किसानको चिन्ता बेग्लै छ । किसान सुरेश यादवले आन्दोलनले बेलैमा चिनी कारखाना चालु नभएकोले नेपालमा खपत हुन नसक्ने उखुको बिक्रीको लागि भारततर्फ लैजाने ब्यवस्था मिलाई दिन आग्रह गरिहाले ।
बुद्धीजीवि अगुवा महमद तबरेजले अहिलेको संविधान अनुसार प्रान्तहरु विभाजन भए धान्न सकिने आर्थिक आय उनीहरुसंग नहुने कुरा अध्ययनले देखाएको बताउँदै त्यसता कुरा बहसमै नआएकोमा चिन्ता जनाए । स्थानीय बालकृष्ण यादवले नारायणी र कोसी नदीसहितको प्रदेशको लागि मोर्चाले अडान लिनु पर्ने बताए ।
-Nagariknews-
प्रतिक्रिया लेख्नुहोस