वीरगन्जमा प्रचण्डलाई बोलाएर मधेशी शहीदको अपमान गरियो : तमरा अभियान
वीरगन्ज, १२ चैत्र । मधेश आन्दोलनमा दमन गर्ने प्रमुख पात्र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको आरोप लगाउँदै तराई मधेश राष्ट्रिय अभियानले विरोध जनाएको छ । मधेश आन्दोलनको केन्द्रविन्दू वीरगन्जमा प्रचण्डलाई बोलाउनु मधेशी शहीदहरुको अपमान भएको ठहरसमेत तमरा अभियानले गरेको छ ।
शुक्रबार अभियानले प्रेस विज्ञप्तिमा ‘मधेश आन्दोलन र आन्दोलनमा भएका शहिदहरुको मर्मलाई बेवास्था गर्दै वीरगंज महोत्सव व्यपार मेलाको आयोजक द लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङ्ग ले मधेश विरोध सविधान र आन्दोलनमा दमन गर्ने प्रमुख पात्र ए.ने.क.पा.माओवादीका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) लाई मधेश आन्दोलनको केन्द्रविन्दु वीरगंजमा बोलाएर मेलाको उद्घाटन गर्न लगाई मधेशी शहीदहरुको सहादतलाई अपमान गरिएको’ उल्लेख गरिएको छ ।
मेला र मेलामा राखिएको सम्पूर्ण उत्पादित समाग्रीहरु मधेशकै रहेको र मेला उद्घाटन गर्न सकने विशिष्ठ व्यक्तिहरु मधेशमै रहेपनि साशक र प्रशासनले जानीजानी मधेशका जिल्लाहरुमा साशक वर्गहरुलाई छिराएर द्वन्द बढाइरहेकोले यस्ता गतिविधिहरु नरोके राज्यले ठुलो क्षति व्यहोर्नु चेतावदी तमरा अभियानको छ ।
वीरगंज महोत्सव व्यपार मेलामा प्रचण्डलाई बोलाएर आयोजक र उद्योग वाणिज्य संघले मधेशका मधेशी जनताहरुलाई आन्दोलन गर्न बाध्य बनाउन खोजेको र मधेमा ताँडव मचाएकोले उक्त मेलालाई अभियानले बहिष्कार गरेको जनाएको छ । शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा रा.म.स.पा.का केन्द्रीय सदस्य राजेशमान सिंह लगायत दर्जनौ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकोले सम्पूर्ण नेता तथा कार्यकर्तालाई अबिलम्ब निशर्त रिहा गर्न माग गरिएको छ ।
-Madheshvani-
प्रतिक्रिया लेख्नुहोस