Birgunj News
वीरगञ्ज दंगाग्रस्त क्षेत्र घोषित, सेना तैनाथ
वीरगञ्ज : वीरगञ्जमा झडपले हिंसात्मक रुप लिएपछि दंगाग्रस्त क्षेत्र घोषणा गरेर विशेष सुरक्षा व्यवस्था लागु गरिएको छ। स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै सेना तैनाथ गरिएको छ। स्थानीय प्रशासनले मंगलबार अपरान्हदेखि लागु हुने गरी दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
यहाँको सुरक्षाको कमान्ड अब सेनाले लिने स्रोतले बतायो । आवश्यकताअनुसार प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा सेना परिचालन हुनेछ। मंगलबार मात्रै वीरगञ्ज झडपमा तीनजनाको ज्यान गइसकेको छ । कर्फ्यु तोडेर भएको प्रदर्शनमा झडप हुँदा थुप्रै घाइते भएका छन् ।
-Annapurnapost-
प्रतिक्रिया लेख्नुहोस