Birgunj News

वीरगंज महावाणिज्य दूतावास परिसरमा भारतको ७१ औं स्वतन्त्रता दिवस मनाइयो

वीरगंज, ३१ साउन – भारत स्वतन्त्र भएको ७० वर्ष पूरा भएको अवसरमा महावाणिज्य दूतावास वीरगंजले झन्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ ।
महावाणिज्यदूत विसी प्रधानले एक कार्यक्रमबीच झन्डोत्तोलन गरेका थिए । स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा भारतका राष्ट्रपति कोविन्दको सन्देश पढेर सुनाइएको थियो । स्वच्छ भारत, खुला दिसामुक्त, बेटी बचाओ, बेटी पढाओ अभियानमा लागेको महावाणिज्य दूत प्रधानले अवगत गराएका थिए । भारत सरकारले पारदर्शितामाथि जोड दिंदै सरकारी नियुक्ति र सरकारी सामान खरिदमा हुने भ्रष्टाचार निरुत्साहित पारेको बताए ।

भारत सरकारले टैक्स प्रणालीलाई एकीकृत गर्दै जिएसटी लागू गरी जिएसटीको माध्यमबाट कामकाज हुँदा भारतले गर्व महसुस गरेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ । सन् २०२२ मा स्वतन्त्रताको ७५ वर्ष पूरा हुँदासम्म न्यु इन्डिया अभियान अन्तर्गत भारत सरकारले काम गरेको महावाणिज्यदूतले अवगत गराए ।

न्यु इन्डिया अभियान सफल पार्न भारत सरकार अहिले चौतर्फी सहयोग लिंदै अगाडि बढिरहेको र भविष्यमा पनि भारतवासीको सहयोग आवश्यक रहेको बताए । गाउँभन्दा शहरमा अहिले सामाजिक सद्भाव पातलिंदै गएकोप्रति भारत सरकार दुःखी रहेको र यसतर्पm सचेत भई काम गरिरहेको बताए । भारतको कुनै ठाउँमा सुविधा र कुनै ठाउँमा कुपोषणको चुनौती खेपिरहेकोले यसतर्पm कार्य गरिरहेको सन्देशमा उल्लेख छ ।

कार्यक्रममा जिएचपी, डिएभी केडिया, ज्ञानदा, मिराकल किड, गुरुकुल, उलुमे कुसुम, सेसमी, सेन्ट जेभियर्स, जीवनज्योति, दिल्ली पब्लिक स्कूल, एनआइसी, नेशनल मेडिकल कलेज, सिटी डान्स एकेडेमीका छात्रछात्राहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । स्वतन्त्रता दिवसको अवसरमा बारा, पर्साका सुरक्ष्Fा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, सर्वसाधारण तथा नेपाल सरकारका कर्मचारीहरूको उपस्थिति थियो ।

कार्यक्रम सञ्चालन वाणिज्यदूत राजेश कुमारले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

Source
Prateek Daily
Show More

Leave a Reply

Related Articles

Back to top button