वीरगंज–पथलैया व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत रु साढे ५ अर्बमा ३० किमी ६ लेन सडक विस्तार– प्रमुख दास
जीतपुर, १२ फागुन – भौतिक पुर्वाधार तथा यातायात मान्त्रालय सडक विभागको व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत श्रीसिया सुख्खा बन्दरगाह वीरगंज–पथलैया सडक खण्डलाई ६ लेन बनाउने तैयारी अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय पथलैयाका डिभिजन प्रमुख रवीन्द्रलाल दासले बताए ।
सो निर्माण कामको लागि ठेक्का टेन्डर चालू महिना भित्रै सार्वजनिक गर्ने र कार्ययोजना बमोजिम सडक क्षेत्रभित्र पर्ने घर, टहरा तथा बिजुलीका पोलहरू चालू आवभित्र हटाएर निर्माण क्षेत्र खाली गर्ने र आव २०७३/०७४ को शुरुदेखि निर्माण काम थालनी गरेर ५ वर्षभित्र पूरा गर्ने र सोको लागत अनुमान रु साढे ५ अर्ब भएको डिभिजन प्रमुख दासले बताए ।
पथलैया–परवानीपुर–श्रीसिया सुख्खा बन्दरगाह वीरगंज सडकखण्डको दूरी ३० किलोमिटर हो सो क्षेत्रभित्र पर्ने खोलामा नयाँ तथा पुरानो पुल परीक्षण गरी नयाँ कार्ययोजना अनुसार निर्माण गर्ने समाचारमा जनाइएको छ ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस