वीरगंज उपमहानगरपालिका का नगरप्रहरीले गाईलाई कुटी अर्धमृत बनाएका छन्
वीरगंज वडा नं.९ स्थित रहेका ग्रहण साहका गाई घरबाट २९ देखि हराएको खोज तलास गर्दै जादा नगरपालिकाको पिडाघरमा बन्द गरि राखेको देख्दा गाई धनी आफैमा दुःखि भएको थिए ।
मेरो गाई किन ल्याएको नगरप्रहरीलाई गाई धनी साहले भन्न जा“दा नगरप्रहरीले झपारेर पठाएका छन् । त्यसपछि नगरप्रहरीका इन्चार्ज भरत साहले गाई धनीसंग तीन हजार रुपैया लिई पछाडीको बाटोबाट गईलाई छाडेको ग्रहण साहले आरोप लगाउनु भएको छ ।
वीरगंज उपमहानगरपालिका अन्तरगर्त खटिएका नगरप्रहरीका इन्चार्ज लगायतका टोलीहरुले गाईलाई आफनो घेरा भित्र नियन्त्रणमा लिनलाई लहुरोबाट बलपुर्वक कुटपिट गरेपछि गाईको अवस्था अर्धमृत जस्तै भएको गाईधनी ग्रहणसाहले बताएका छन्।
गाईको अवस्था विग्रिदै गएपछि उपचारकालागि जिल्ला पशुसेवा कार्यालय पर्साका पशु चिकित्सक अनिरुद्र पाण्डेलाई बोलाई साहको घर अगाडी सडकमै गाईलाई औषधी र स्लायन्स पानी चढाइएको थियो । पशु चिकित्सक पाण्डेका अनुसार गाईलाई निक्कै नै कुटपिट भएकोले यसको अवस्था विग्रिन्दै गएको छ र पनि हामी चिकित्सकको नाताले यो घाइते गाईलाई बचाउनु प¥यास पुर्णरुपले गर्दछौ ।
गाईलाई कुटपिट गरि घाइती बनाएका नगरप्रहरीलाई कसले कारवाही गर्ने भन्ने विषयमा गाई धनी ग्रहण साहले सम्बन्धीत निकायहरुलाई गुहारेका छन् ।
प्रतिक्रिया लेख्नुहोस