Birgunj News

वीरगंजमा मात्रै १६ सय सोलार बत्ति जडान लक्ष्य

प्रस, वीरगंज, २१ पुस/

वीरगंजमा झन्डै रु १७ करोड बराबरको कुल १६ सय सोलार बत्ती जडान गर्ने लक्ष्य रहेको वीउनमनपाका एकजना कर्मचारीले बताए । शहर उज्यालो पार्ने उद्देश्यले वीरगंजमा पहिलो चरणमा ५ सय ५९ वटा सोलार बत्ती जडान भइसकेको छ भने दोस्रो चरणमा १ सय ५५ सोलार बत्ती जडान गर्ने कार्य अघि बढाइएको छ ।
अन्तिम चरणमा ९ सय सोलार बत्ती जडान गरिने लक्ष्य रहेको बताइएको छ । वीरगंजमा सोलार बत्ती १६ सय जडान गर्ने लक्ष्य सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको हो । मन्त्रलालयले ६५ प्रतिशत अनुदान २० प्रतिशत वीरगंज उपमहानगरपालिका र १५ प्रतिशत उपभोक्ता समितिले रकम बेहोरी आप्mनो टोल उज्यालो पार्न सक्ने प्रावधान राखेको छ ।
मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्ड अनुसार स्वीकृति प्राप्त सोलार कम्पनीबाट सौर्य सडक बत्ती जडान गर्नुपर्ने निर्देशन जारी गरेको छ । मापदण्डमा सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा पाँच वर्ष र सौर्य बत्तीमा दुई वर्षको ग्यारेन्टी हुनुपर्ने व्यवस्था पनि गरेको बताइएको छ ।
मन्त्रालयले पुस २५ गतेभित्र सबै नगरपालिकालाई टेन्डर प्रक्रिया सकेर काम शुरु गर्न निर्देशन दिएको छ । वीरगंज उपमहानगरपालिकाका सोलार बत्ती जडान परियोजनाका प्रमुख इन्जिनियर सुरेन्द्र साहले पहिलो चरणमा वीरगंजमा ५ सय ५९ वटा सोलार बत्ती जडान गरिसकिएको र अब दोस्रो चरणमा १ करोड ५६ लाखको लागतमा १ सय ५५ वटा सोलार बत्ती जडान गरिने बताए । उनले साहले शहरी विकास कार्यालय मार्फत स्थानीय विकास मन्त्रालयले वीरगंजमा १० करोडको सोलार बत्ती जडानका लागि बजेट विनियोजन गरेको र यसको सम्पूर्ण कार्य वीरगंजस्थित शहरी विकास कार्यालयले गर्ने र वीरगंज उपमहानगरपालिकाले स्थान तोक्ने र अनुगमन गर्ने जिम्मेवारी पाएको बताए ।

 

-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button