वीरगंजमा पनि १०औं राष्ट्रिय सूचना दिवस मनाइयो, सूचना नदिनेको सूचना दिए कारबाई गरिने –सप्रजिअ
वीरगंज, २ भदौ – १०औं राष्ट्रिय सूचना दिवस वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला हुलाक कार्यालय, पर्साले सूचना दिवसको अवसरमा कार्यालयबाट ¥याली निकालेको थियो । यसैगरी, सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया पनि आयोजना गरेको थियो ।
अन्तत्र्रिmयाका प्रमुख अतिथि पर्साका सहायक प्रजिअ दुर्गादत्त पौडेलले सार्वजनिक गर्न मिल्ने सूचना नपाउने जोकोहीले प्रशासनमा उजुरी गरेको खण्डमा सूचना नदिनेलाई कानुन अनुसार कारबाई गरिने बताए । उनले सूचना सबै नागरिकको लागि सहज होस् भन्ने उद्देश्यका साथ कामकारबाई भइरहेको बताए । सूचनामा चित्त नबुझे वा सूचना लुकाइएको सन्दर्भमा सरोकारवालाले प्रशासनमा उजुरी गरेको खण्डमा सूचना लुकाउने अधिकारीलाई कारबाई गर्न कुनै कसर बाँकी नराख्ने पनि उनले बताए ।
अन्तत्र्रिmयामा प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्मा, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, पत्रकार चन्द्रकिशोर, पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशी, पर्सा बारका पूर्वअध्यक्ष रामेश्वर सेढाईंलगायतले पर्सा जिल्लामा सूचनाको हकसम्बन्धी विविध पक्षमा आआप्mनो धारणा प्रस्तुत गरेका थिए । उनीहरूले अहिलेसम्म सरकारी कार्यालयहरूमा सूचना अधिकृतको व्यवस्था भइ नसकेको र सूचनाको सहज उपलब्धता विषयमा इमानदार प्रयास पनि नभएको गुनासो गरेका थिए ।
कार्यक्रम जिल्ला हुलाक कार्यालय, पर्साका निमित्त प्रमुख प्रदीप मेहताको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस