वीरगंजको फोरलेन सडक फोहरलेनमा परिणत
२४ कात्तिक/वीरगंज – जारी मधेस आन्दोलनको क्रममा वीरगंजको घण्टाघरदेखि पावरहाउससम्म फोरलेन सडकमा रहेको बिरुवाहरू पनि आन्दोलनको शिकार भएको छ ।
घण्टाघरदेखि पावरहाउससम्मको फोरलेन सडकमा विगत केही वर्षदेखि सूर्य नेपाल, जगदम्बा गु्रप, सभासद् बिचारी यादवको संसदीय विकास कोषबाट रूख–बिरुवाहरू रोपिएका थिए ।
सूर्य नेपालले लामो समयदेखि स्थानीय नर्सरीमार्फत् फोरलेन सडकमा रोपिएको बिरुवाहरू हुर्किएको
अवस्थामा भएकोले क्षति हुनबाट जोगिए पनि जगदम्बा गु्रप र सभासद् यादवको संसदीय विकास कोषबाट रोपिएको जिल्ला हुलाक कार्यालय पर्सादेखि पावरहाउससम्म फोर लेन सडकका बिरुवाहरू नष्ट हुँदैछन् । आन्दोलनकारीहरूले कफ्र्युको समयमा सडक अवरुद्ध गर्ने क्रममा फोरलेन सडकमा रहेका बिरुवा संरक्षित फलामे र बाँसका छेकबार तोडफोड गरेको हुनाले त्यहाँ रहेका बिरुवाहरू छाडा चौपायाले नष्ट गरेका हुन् ।
आन्दोलन अहिले जारी भएकै कारण नष्ट भइरहेको र नष्ट हुने क्रममा रहेका फोरलेन सडकका बिरुवालाई कुनै पक्षले संरक्षण गरेको छैन । मूर्लीदेखि पावरहाउससम्मको फोरलेनमा वीउमनपाले लामो समयदेखि फोहर सड्ढलन नगर्दा त्यहाँका मानिसहरूले फोरलेन सडकको बिरुवा रोपिएको ठाउँमा फोहर थुपार्ने भएकोले त्यहाँको अवस्था झनै खराब भएको छ ।
-Prateek daily-
प्रतिक्रिया लेख्नुहोस