वीउवासङ्घद्वारा ऊर्जामन्त्री शर्मा र प्राधिकरणसँग अन्तक्र्रिया, नेपालको पानीमा जनताको लगानी आवश्यक –ऊर्जामन्त्री शर्मा
प्रस, वीरगंज, २३ पुस/
वीरगंज उद्योग वाणिज्य सङ्घले शनिवार ऊर्जामन्त्री जनार्दन शर्मा तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग अन्तत्र्रिmया गरेको छ ।
अन्तत्र्रिmयामा मन्त्री शर्माले काठमाडौंबाट सुरुआत गरी सम्पूर्ण नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानमा मन्त्रालयको टोली लागेको बताए ।
बिस्तारै मुलुकलाई लोडसेडिङमुक्त बनाउने अभियानमा लागेको बताउँदै उनले उद्योगजस्तै जलविद्युत् क्ष्Fेत्रमा उद्योगीहरूलाई लगानी गर्न आग्रह गरेका थिए ।
सबै क्ष्Fेत्रको बाधक रहेको लोडसेडिङलाई मुलुकबाट नहटाएसम्म देश अगाडि नबढ्ने भएकोले विद्युत् क्ष्Fेत्रलाई पहिलो प्राथमिकतामा राखी लोडसेडिङमुक्त अभियानसँगै उज्यालो नेपाल मूल नारासहित आपूm अगाडि बढेको बताए ।
नेपालमा विद्युत् क्ष्Fेत्रको विकासका लागि रणनीतिक तरिकाले हाम्रो टिमले कार्य शुरू गरिसकेको उनले बताए ।
नेपालको पानीमा जनताको लगानी आवश्यक रहेकोले उद्योगीसँगै सम्पूर्ण नेपालीलाई लगानी गर्न उनले आग्रह गरे। औद्योगिक क्ष्Fेत्रको विकास नभएसम्म देशको विकास नहुने भएकोले उद्योगीहरूलाई निर्धक्करूपमा उद्योगमा लगानी गर्न मन्त्री शर्माले आग्रह गरे ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष्F प्रदीप केडियाले वीरगंजलगायत औद्योगिक क्ष्Fेत्रलाई लोडसेडिङमुक्त गरे वीरगंजवासीले मन्त्री शर्मालाई नागरिक अभिनन्दन गर्ने बताए । नेपालमा सबैभन्दा बढी विद्युत् खपत हुने वीरगंजलाई लोडसेडिङमुक्त बनाए यस क्ष्Fेत्रका उद्योगीहरूको सबै समस्या समाधान हुने उनले बताए ।
लोडसेडिङमा हदैसम्म सुधार भएपनि ट्रिपको कारण यस क्ष्Fेत्रका सबै उद्योगी समस्यामा परेका छन्, अध्यक्ष केडिया भने । वीरगंजलाई १७ तथा औद्योगिक क्ष्Fेत्रलाई २०० गरी जम्मा २१७ मेघावाट विद्युत् आपूर्ति भए यस क्ष्Fेत्रबाट लोडसेडिङ हट्ने अध्यक्ष्F केडियाले बताए ।
रक्सौलबाट आउने विद्युत् बाहिर नपठाइ यस क्ष्Fेत्रमा नै खपत गरे धेरै समस्या समाधान हुने उनले बताए । परवानीपुर–रक्सौल प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको बताउँदै तीनवटा विद्युत् पोल गाडेमा विद्युत् सेवा सुचारु हुने भएकोले तत्काल नै काम सम्पन्न गर्न मन्त्रालयको टोलीसँग उनले आग्रह गरेका थिए ।
कार्यक्रममा नेविप्राका कार्यकारी निर्देशक कुलमान घिसिङले मुजप्mफरपुर–ढल्केबर विद्युत् प्रसारण लाइनबाट अहिले एउटा सर्किट सञ्चालनमा रहेकोले चाँडै नै दुईवटा सर्किट सञ्चालन ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरण रहेकोले त्यसपछि लोडसेडिङ धेरै हदसम्म नियन्त्रण हुने बताए । अहिलेसम्म विद्युत् ट्रिप भारतबाट नै हुने गरेकाले यस समस्याबारेमा पहल भइरहेको उनले बताए ।
देशलाई नै लोडसेडिङमुक्त गर्न हामी लागि परेका छौं, केही समय लाग्ने भएकाले बढी विद्युत् खर्च नगर्न उनले आग्रह गरे ।
कार्यक्रममा ऊर्जा सचिव अनुप उपाध्याय, पूर्व अध्यक्ष्F अशोक बैध, महासचिव सुबोध गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन वीउवासङ्घका अधिकृत मनोज उपाध्यायले गरेका थिए ।
-Prateek daily-
प्रतिक्रिया लेख्नुहोस