विश्वको अग्रआर्थिक शक्ति बन्ने दौडमा सामेल भारत, नेपालको पूर्वाधार विकासमा प्रतिबद्ध
प्रस, वीरगंज, ११ माघ/
महावाणिज्य दूतावास वीरगंजले आज पत्रकार सम्मेलनको आयोजना गरी बिहीवार भारतको ६८ औं गणतन्त्र दिवस भव्यरूपले मनाउने जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै वाणिज्यदूत विसी प्रधानले गणतन्त्र दिवसको अवसरमा भारत सरकारले गरेको उपलब्धिबारे जानकारी गराउँदै भारत अहिले आर्थिक उन्नतितर्पm बढिरहेको बताए । २०३० सालपछि विश्वको नं. १ मुलुक बन्ने र विश्वभरि खाद्य पदार्थ निर्यात गर्ने उनले दाबी गरे । अहिले एसिया र युरोप, अमेरिकाका केही राज्यले खाद्यलगायत अन्य टे«डका सामानहरू आयात गर्दै आएकोमा भारतले अब कृषि क्षेत्रमा फड्को मार्दै गएको उनले बताए ।
महावाणिज्यदूत प्रधानले सन् २०१२–१३ मा आएको पानी तथा भोकमरीजस्ता सङ्कटबाट दशौं हजार मानिस मर्ने अवस्था रहेको बेला भारत सरकारले रेलबाट पानी र खाद्यान्न पु¥याएर सङ्कट टारेको बताए । यस सङ्कटबारे भारतले अन्य मुलुकलाई थाहा नै नदिई समस्या समाधान गरेको कारण भारत उन्नतितर्पm बढेको बताए ।
विश्वको तुलनामा भारतको राजनीति तथा अन्य निकायमा महिलाहरूको सहभागिता बढेको बताउँदै विद्यालय, क्याम्पस, विश्वविद्यालयमा ६० प्रतिशतको हाराहारीमा महिला अध्ययनरत रहेको बताए । २५ वर्षसम्म भारतमा मिलीजुली सरकार चले पनि राजनीतिक अस्थिरता नआएको र सदैव विकास, उन्नतितर्पm अगाडि बढेकोप्रति खुशी व्यक्त गर्दै उनले बहुमतीय सरकारले आर्थिक विकासमा फडको मार्ने र सोही अनुरूप २०३० सम्म विश्वको नं. १ मुलुक बन्ने दाबी गरेका थिए ।
नेपालको सन्दर्भमा बोल्दै महावाणिज्य दूत प्रधानले नेपाल असल मित्रराष्ट्र भएको कारण भारतले सक्दो सहयोग गर्दै आएको र पछि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालमा भएको विनाशकारी भूकम्पमा भारतको सहयोग उदारनीतिको प्रमाण रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै विसी प्रधानले ६८ औं गणतन्त्र दिवसको अवसरमा यस पालि जानकी मेडिकल कलेज धनुषा, नेपाल रेडक्रस सोसाइटी पथलैया, उपशाखा बहुअर्वा सर्लाही, श्री झम्केश्वरी मावि मकवानपुर, जनकपुर नर्सिङ क्याम्पसलाई बस तथा एम्बुलेन्स प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै वाणिज्यदूत विसी प्रधानले भारतको आर्थिक सहयोगले नेपालको भौतिक पूर्वाधार तथा मानव संसाधन विकासका माध्यमबाट तराईको जनता लाभान्वित भएको बताए । इन्डो–नेपाल कार्यक्रम अन्तर्गत नेरु ७६ मिलियनभन्दा बढीको लगानीमा नेपालका विभिन्न ठाउँमा ५४७ भन्दा बढी भौतिक पूर्वाधारका परियोजनाहरू सम्पन्न भइसकेका छन् । नेपालको दीर्घकालीन शान्ति, स्थिरता तथा विकासको लागि भारतीय नागरिक तथा भारतीय सरकारले सक्दो सहयोग गर्ने उनले बताएका थिए ।
कार्यक्रममा उपमहावाणिज्यदूत नीरज जयसवाल, कन्सुलर राजेश कुमारलगायतको उपस्थिति थियो ।
-PrateekDaily-
प्रतिक्रिया लेख्नुहोस