Birgunj News

‘राष्ट्रिय योग दिवस सम्पन्न’, भगवान् बुद्धले योगको माध्यमबाट सिद्धि प्राप्त गरे– महावाणिज्यदूत प्रधान

प्रस, वीरगंज, ७ माघ/

भारतबाट शुरू भएको योग आज संसारका धेरै मुलुकले स्वीकार गरी दिवसको रूपमा मनाउने गरेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत बिएस प्रधानले बताए ।
नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय योग दिवसको समापन समारोहमा प्रधानले भगवान् बुद्धले योगको माध्यमबाट सिद्धि प्राप्त गरेको बताए ।
योगबिना मानिस स्वस्थ रहन नसक्ने भएको हुनाले यसलाई निरन्तरता दिन आग्रह गरे । उनले योग शिविर चलाउन महावाणिज्य दूतावासले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा माघ १ गतेदेखि सञ्चालित योग दिवसको समापान समारोहमा विशिष्ट अतिथि प्रजिअ केशवराज घिमिरेले योगको माध्यमबाट प्राचीनकालमा मानिसहरूले रोगको निदान गर्दै आएको बताए । प्रजिअ घिमिरेले योगबिना मानिस बाँच्न नसक्ने साबितसमेत भएको बताए ।
अहिलेको सामाजिक परिवेश अनुसार योग आवश्यक रहेको उनले बताए ।
स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालको सभापतित्वमा शुरू भएको कार्यक्रममा योगगुरु रविशङ्करमणि पाण्डे, नारायणी उपक्षेत्रीय अस्पतालका मेसु चितरञ्जन साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

-PrateekDaily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button