Birgunj News
रामसपाका केन्द्रिय सदस्य राजेशमान सिंहरको घरमा प्रहरीको छापा
४ असोज/वीरगंज – राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहको घरमा आज कर्फयु जारी भएपछि बिहान १० बजेतिर पर्सा प्रहरीले छापामारी गरेको छ ।
आज बिहान ७ बजेदेखी ९ बजेसम्मको लागि खोलिएको कर्फयुपछि पर्सा प्रहरीको ठुलो संख्यामा प्रहरी पुगेर छापामारी गरेको सिंहका छोरा अनिसमान सिंहले पत्रकारहरुलाई बताए ।
उनले बिना पुर्जि घरमा प्रवेश गरेको प्रहरीले बुबालाई खोजेको र घरमा नभएका बताएपछि तेरो बुबा गद्दार हो रातारात हिरो बन्न खोजिरहेको छ भनि धम्क्याउदै घरको कोठाहरुमा पसेको बताए ।
उनले घरभित्र पसेको प्रहरीले केही समान पनि लगेको दावी गरे ।
घरमा सो बखत आमा अन्नपुर्ण र आफु रहेको अनिसले बताए । रामसपाका नेता राजेशमान सिंह बीरगंजमा आन्दोलनरत संघिय समावेशी मधेशी मोर्चासंग आवद्ध छन ।
-Birgunjpati-
प्रतिक्रिया लेख्नुहोस