Birgunj News

यातायातको सर्भर फेल, सेवाग्राही मर्कामा

प्रस, परवानीपुर, ६ माघ/

यातायात व्यवस्था विभागको सर्भरमा उत्पन्न समस्याले एक सातादेखि सेवाग्राहीहरू पीडित बनेका छन् ।
नारायणी अञ्चलकै सेवाग्राहीले सेवा नपाउँदा समस्या भोग्न बाध्य भएका छन् ।

यातायात व्यवस्था (लाइसेन्स) कार्यालय नारायणी वीरगंजले बिहीवार दिनभरि सेवा दिन नसकेको सेवाग्राहीहरूले गुनासो गरे ।
लाइसेन्सको नवीकरण, प्रतिलिपि तथा नयाँ लाइसेन्स वितरण गर्नुपर्ने काम सर्भरमा आएको समस्याको कारण हुन नसकेको उक्त कार्यालयका प्रमुख विश्वराज नेपालले बताए ।

सो समस्याको कारण काम गर्न असहज भइरहेको छ, सर्भर बेलाबेलामा आउने–जाने, कहिले बिस्तारै हुने गर्दा कर्मचारीहरूले काम गर्न नसकेकाले सेवा दिन नसकेको उनले बताए ।

यातायातको सर्भरमा समस्या देखा परेपछि कार्यालयले आप्mनो गेटमा सूचना टाँस गरी सेवाग्राहीलाई परेको समस्याप्रति खेद प्रकट गरेको छ ।

यातायातको सर्भरको मर्मत तथा नियन्त्रण विभागबाटै गरिन्छ । विभागले यसको विकल्पमा अरू कुनै साधन वा उपकरण दिएको छैनन । यसअघि केही महिना पहिले पनि यातायातको सर्भर डाउन भएर देशभरि कार्य ठप्प भएको थियो ।
आजै विभागमा समस्याबारे कुरा गरें, भोलि शुक्रवारसम्म सर्भर ठीक हुने आश्वासन पाएको छु, प्रमुख नेपालले प्रतीकलाई बताए ।
लाइसेन्सको तथ्याङ्क, लिखित तथा ट्रायल पास गरेको सबै तथ्याङ्क अनलाइन सर्भरमा जोडिएकोले नवीकरण, प्रतिलिपि तथा नयाँ लाइसेन्स वितरण गर्न समस्या भइरहेको कर्मचारीहरू बताउँछन् ।
त्यसैगरी, सर्भरको समस्याको कारण हालै मोटरसाइकलको लाइसेन्सको लागि आवेदनको दर्ता प्रक्रिया पनि बिस्तारै भइरहेको छ ।

-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button