Birgunj News

मौन अवधि शुरू भएसँगै शहरमा आवागमन कम

वीरगंज, ३१ भदौ – गएरातिदेखी निर्वाचन आयोगले मौन अवधि लागू गरेपछि दुई सातादेखि भइरहेको चुनाव प्रचारप्रसार शनिवार रोकिएको छ । गएराति १२ बजेसम्म उम्मेदवारहरूले अन्तिम प्रचार भन्दै सभा, ¥याली, भेला, कोणसभा, घरदैलो कार्यक्रमहरू गरेका थिए ।

जबकि निर्वाचन आचारसंहितामा बिहान ८ देखि बेलुकी ७ बजेसम्म मात्र निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न समयसीमा तोकिएको छ ।

गएरातिसम्म प्रचारप्रसारमा भ्याइनभ्याइ गरेका उम्मेदवारहरूले शनिवार बिहान १० बजेदेखि मतदान केन्द्रित भएका छन् । मतदान केन्द्रबाट असोज २ गते हुने निर्वाचनमा मतदानका लागि आवश्यक परिचयपत्रको वितरण भइरहेकाले उम्मेदवारहरू आआप्mनो पक्षधरलाई परिचयपत्र दिलाउने काममा व्यस्त रहे । शुक्रवारसम्म निर्वाचन प्रचारप्रसारका सवारी साधनहरू हँुइकिरहेका थिए भने शनिवार प्रचारप्रसारमा रोक लागेपछि शहरको वातावरण शान्त देखिएको छ । सवारी साधनहरू एकाएक गायब भएपछि शहरमा ट्राफिक समस्याको पनि समाधान भएको छ । मानिसहरू मतदान केन्द्रमा परिचयपत्र लिन र आप्mनो वडामा केन्द्रित भएकाले पनि मेनरोडमा मानिसको चाप कम रह्यो । मौन अवधिमा निर्वाचनसम्बन्धी कुनै पनि प्रचारप्रसारमा रोक लगाइएको छ । तर सामाजिक सञ्जाल फेसबूकमा छिटफुट प्रचार भइरहेका छन् भने अनलाइन समाचारमा निर्वाचनसम्बन्धी समाचारहरू प्रचारप्रसार शैलीमा निर्बाध प्रस्तुत भइरहेका छन् । प्रेस काउन्सिल नेपालले हालै मात्र निर्वाचन आचारसंहिता पालना नगरेकोमा पत्रिका, अनलाइन, टेलिविजन, एफएम रेडियो गरी १५ वटासँग स्पष्टीकरण मागेको थियो ।

राजनीतिक दलले चलखेल गर्ने मौन अवधि
परवानीपुर/

निर्वाचन आयोगले शुक्रवार राति १२ बजेदेखि ७२ घण्टासम्म मौन अवधि घोषणा गरेको छ । यस अवधिमा मतदातालाई प्रभावमा पारी फकाउन विभिन्न गतिविधि पनि हुन्छन् ।

उच्च अदालत बार एसोसिएसन वीरगंजका अध्यक्ष सुधीर कर्णले हरेक निर्वाचनमा राजनीतिक दलले खेल्ने अवधि भनेको नै यही हो भनी बताए । उनले यस अवधिमा राजनीतिक दलहरूले साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरी जनताको मतलाई गुमराह गर्न भरमग्दुर कोशिश गर्छन् भने । उनले भने, “दलहरूले मतदातालाई अनेक तिक्डमबाजी अपनाएर उनीहरूको मत आप्mनो पक्षमा पार्न सक्छन्, सरोकारवालाहरू सचेत हुनुपर्ने समय पनि यही हो ।”

उनले राजनीतिक दलहरूले सबै प्रचार कार्य रोकेर मतदातालाई अनुचितरूपमा प्रभावित पार्न लोभलालच देखाएर उनीहरूको मत खरिद–बिक्री गर्न सक्ने सम्भावना रहेको बताए । उनले यस अवधिमा निर्वाचन आयोग अत्यन्तै चनाखो हुनुपर्ने बताए । भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनको लागि सबैभन्दा पहिले मतदाता सजग हुनुपर्ने उनको जिकिर थियो ।

मतदाताले आप्mनो गाउँठाउँको विकास गर्ने दल र उम्मेदवारलाई मात्र आप्mनो अमूल्य मत दिन उनले सुझाव दिए । यदि कसैले आचारसंहिता उल्लङ्घन गरी मतदातालाई भोजभतेर गरी, पैसा बाँड्नेदेखि लिएर धाकधम्की दिएर प्रभावित बनाइरहेका छन् भने सम्बन्धित निकायमा जानकारी गराइ त्यस्ता विकृतिलाई रोक्न उनले आग्रह गरे ।

प्रतिक्रिया लेख्नुहोस

Source
Prateek Daily
Show More

Related Articles

Back to top button