Birgunj News

मोर्चाका कार्यकर्ता दंगाग्रस्त क्षेत्रको विरुद्धमा नारावाजी गर्दा पर्सा प्रहरीद्वारा ५ जना गिरफ्फतार

बिरगंज/२६ भदौ २०७२ – पर्सामा मोर्चाका कार्यकर्ता दंगाग्रस्त क्षेत्रको विरुद्धमा नारावाजी गर्दा पर्सा प्रहरीले ५ जनालाई गिरफ्फतार गरेका छन् । संयुक्त मधेशी मोर्चाले एक महिना देखि विभिन्न मागं सहितको साथ सडक आन्दोलनम उत्रिएका कार्यकर्ताहरुले वीरगंजमा राज्य विरुद्ध विरोध जनाएका छन् ।

विरोध जनाउने क्रममा दं¨ाग्रस्त क्षेत्र खारेज गर्नुका साथै विभिन्न नाराहरु लगाएका थिए ।

नाराहरु लगाउने क्रममा जिल्ला प्रहरी पर्साले मोर्चाका कार्यकर्ता एवम् सदभावना पार्टीका केन्द्रीय सदस्य नेजामुद्दिन समानी ,चन्दन मिश्र,भरतभुषण पाण्डे,मनोज गुप्ता र सुरेन्द्र पाण्डेलाई आफनो नियन्त्रणमा लिएका छन् ।

नारावाजीको क्रममा मोर्चाबाट अध्यक्षता तमलोपाका पुरुषोत्तम झाले गर्नु भएको र मोर्चामा आवद्ध नेता र कार्यकर्ताहरु जट्टाशंकर गुप्ता,देवानन्द यादव,जस्वतन्त यादव लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button