मुस्लिहरुको हकको प्रवधान संबिधानमा उल्लेख गर्न नेपाल सरकारसंग मांग
वीरगंज,श्रावण १७ – मधेसी पत्रकार समाज पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल मुस्लिम अधिकार मञ्च पर्साका अध्यक्ष जफर अंसारीले १६ बुदें सम्झौता मुस्लिम बिरोधी रहेको धारणा राखेका थिए । संबिधानको मौलिक हकमा महिला संम्बन्धि हक , दलित सम्बन्धि हकको व्यवस्था भएझै मुस्लिहरुको हकको प्रवधान संबिधानमा उल्लेख गर्न नेपाल सरकारसंग मांग गरेका छन् ।
१३ बुदे मागँ सहित सरकारको ध्यानाकर्षण गराउनुको साथै पुरा नगरिए कडा संर्घष गर्ने चेतावनी समेत दिएका थिए । मुस्लिम समुदायको उत्थानका लागि राज्य संग गरिएको मांगहरु राज्यको निती निर्माण तहमा समावेसी र समानुपातिक सहभागिता , पारिवारीक संहिताको प्रयोग गर्दै आफनो धर्मको संरक्षण गर्ने हक मातृ भाषामा शिक्षा र सुचना सम्बन्धि हक,निजामती सेवा ,सेना, प्रहरी लगायत राज्यका सवै निकायमा समावेसी समानुपातिक आधारमा रोजगारी ,मर्दशा शिक्षा प्रणालीलाई राष्ट्रिय शिक्षा मुलधारमा ल्याई मर्दशा शिक्षा बोर्ड तथा हज व्यवस्थापन गर्न स्थाई हज कमिटी गठन,संबैधानिक मुस्लिम आयोगको गठन,समुदाय भित्रको बिपन्न वर्गको संरक्षण, उत्थान,सशक्तिकरण र बिकासमा बिशेष व्यवस्था , निर्वाचन क्षेत्रमा आरक्षण,संबैधानिक परिषद न्याय सेवा आयोग गठन लगायतको मांग सहित आज वीरगंजमा पत्रकार सम्मेलन गरी सरकार संग माँग गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको ज्योति हलमा सम्पन्न सम्मेलनमा मंचका पर्सा जिल्ला अध्यक्ष जफर अंसारी, उपाध्यक्ष जन्नत अंसारी,सचिव सम्मसुलहोदा समानी,सदस्यहरुमा दाउद अंसारी ,जौवाद अंसारी, ज्यायुल समानी,हारुन अंसारी, सल्लाहकार पुर्व सभासद ईस्लाम हवारी, सहरुमराउत गद्दी, फिरोज मन्सुर,सम्सेद अख्तर,एस.एमजहाँगस्त लगायतको उपस्थिती रहको थियो
प्रतिक्रिया लेख्नुहोस