मुस्लिम समुदाय द्धारा पर्सा मा बृहत शक्ती प्रदर्शन र आम सभा कार्यक्रम समपन्न
श्रावन १६ – मुस्लिम समुदाय द्धारा पर्सा मा बृहत शक्ती प्रदर्शन र आम सभा कार्यक्रम समपन्न भएको छ । आउने संविधान मा मुस्लिम समुदायहरु का लागी कुनै पनी लेखन न भएको मा विभन्न मांग सहित जुलुश निकाले का छन ।पृथक राष्ट्रिय मुस्लिम पहिचान, संविधानको मस्यौदामा मुस्लिमहरुको अधिकार सुनिश्चित गरिनुपर्ने मागसहित आज बीरगंजमा मुस्लिमहरुले प्रदर्शन गरेका छन।
बीरगंजका विभिन्न वडाहरुमा रहेका मुस्लिमहरुले जुलुस प्रदर्शन गरी घण्टाघरमा भेला भएर आयोजना गरेको आमसभामा मुस्लिम अगुवाहरुले नेपालमा मुस्लिमहरुको छुट्टै पहिचान कायम हुनुपर्ने, मुस्लिम आयोगको गठन गरिनुपर्ने र मुस्लिम समुदायको हकअधिकार सुनिश्चित गरिनुपर्ने माग गर्नुभएको थियो संवैधानिक मुस्लिम आयोग नयां संविधान मा कायम हुनुपर्दछ भन्ने विषय हरु मा जोड दिएका छन । पर्सा मुस्लिम संघर्ष समिति, पर्सा मुस्लिम मञ्च, लगायत का पर्सा मा रहेका समपुर्ण मुस्लिम समुदाय का संघ संस्थाहरु ले संयुक्त रुप मा बिरगंज मा शक्ती प्रदर्शन गरेका छन ।
प्रतिक्रिया लेख्नुहोस